site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीनको आर्थिक वृद्धि दर २७ वर्षकै कम
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ आर्थिक वृद्धि करिब तीन दशककै सबैभन्दा कम स्तरमा पुगेको छ । यसरी अमेरिकासँगको व्यापारिक युद्ध लामो समयसम्म जारी रहनुले नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनको आर्थिक वृद्धिमा गम्भीर असर पारिरहेको बताइएको छ । 

देशको कुल घरेलु उत्पादन जुन महिनाको अन्त्यमा ६.२ प्रतिशतले वृद्धि भएको थियो जुन १९९२ पछिकै सबैभन्दा कम भएको सोमबार चिनियाँ सरकारले सार्वजानिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार चिनियाँ अर्थतन्त्रले दोस्रो हाफसम्म यस्तै किसिमले गिर्दो वृद्धि दरको दबाब सहिरहनुपर्ने हुन्छ । विभागले एउटा बयानमा भनेको छ, ‘विश्वव्यापी वृद्धि कम भइरहेको छ र बाहिरी अनिश्चितता बढिरहेको छ । त्यसैले चिनियाँ अर्थतन्त्र अत्यन्तै गम्भीर र जटिल अवस्थामा छ । ’ 

Prabhu Bank
Agni Group
NIC Asia

बेइजिङ र वासिङटनले केही समय अगाडि मात्र व्यापारिक युद्धलाई अस्थायी रुपमा स्थगित गर्नेमा सहमति जनाएका हुन् र यसको समाधान गर्न वार्ताका लागि तयार भएका छन् । तर विश्लेषकहरुले भने दुवै पक्ष पछिल्ला महिनाहरुमा जारी गरिएको आयात कर हटाउन सक्ने सम्झौता सम्म पुग्नेबारे शंका व्यक्त गरिरहेका छन् । यसैकारण व्यवसायीहरु दुवै देशबीच विस्तृत सम्झौता हुने र फेरि व्यापार युद्ध सुरु नहुनेप्रति अनिश्चित छन् । 

यो वर्षको पहिलो ६ महिनामा चीनको आयात र निर्यात दुवैमा गिरावट आएको हुँदा व्यापारिक युद्धले घरेलु माग कमजोर बनाइदिएको छ , जसको भयानक परिणाम चिनियाँ अर्थतन्त्रले  भोग्नु परिरहेको बताइएको छ । यसरी चीनको निर्यात १.३ प्रतिशतले कम भएको हो भने आयात पनि ७.३ प्रतिशतले कम भएको छ । विशेषगरी अमेरिका निर्यात गरिने वस्तुको दरमा ठूलो कमी आएको बताइएको छ ।

Global Ime bank

यसरी चीन र अमेरिकाबीच जारी आर्थिक विवादले विश्वका केही ठूला व्यवसायहरुमा नकारात्मक असर पारिसकेको छ । जस्तै की एप्पल कम्पनीको कुल आम्दानीको १८ प्रतिशत चीनबाट हुने गरेको थियो तर व्यापार युद्धका कारण चीनमा एप्पलको व्यापारमा ठूलो गिरावट आएको छ । त्यसैगरी अटो ब्रान्डहरु पनि प्रभावित भइरहेका छन् जसकारण २०१८ मा पहिलोपटक विश्वको सर्वाधिक ठूलो कार बाजारको वृद्धि दरमा कमी आएको हो । अर्कोतर्फ अमेरिकीहरुले चिनियाँ वस्तुहरु छाडेर भियतनाम, ताइवान, बांग्लादेश र दक्षिण कोरियाका आपूर्तिकर्ताबाट आउने उपभोग्य वस्तुहरु बढी खरिद गरिरहेका छन् जसले पनि चिनियाँ अर्थतन्त्रलाई बेफाइदा गराइरहेको बताइएको छ । सीएनएन   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC