site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय अध्ययन भन्छ–नेपालका शिशुलाई ‘जङ्क फुड’ दिँदा पौष्टिक पदार्थ पुगेन
Sarbottam CementSarbottam Cement

लण्डन । दुईवर्ष भन्दा कम उमेरका नेपाली शिशुहरुले आफूलाई चाहिने क्यालोरीको एक चौथाइ हिस्सा ‘जंक फुड’बाट प्राप्त गरिरहेको एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।   बिस्कुट, क्रिस्प, इन्स्टान्ट नुडल्स र गुलिया पेय पदार्थले भिटामिन, मिनरल्स र अन्य महत्वपूर्ण पौष्टिक पदार्थबाट शिशुलाई बञ्चित गर्ने काम गरेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ । जबकि उनीहरुलाई पौष्टिक पदार्थ अत्यावश्यक हुन्छ । 

न्यूट्रिसन नामक जर्नलमा सो अनुसन्धान रिपोर्ट प्रकाशित भएको छ । प्रतिवेदनमा २१ औं शताब्दीको ‘जंक फुड’ डाइट अहिले विश्वभरी नै फैलिँदै गएको जनाउँदै त्यसले मोटोपना बढाउनुका साथै शिशुको बृद्धिमा पनि असर गरिरहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो सम्बन्धी अध्ययन काठमाडौं उपत्यकामा गरिएको र सो अनुसन्धानमा ७४५ जना बालबालिकाका अभिभावक संलग्न रहेको जनाइएको छ । 

बालबालिकालाई ‘जङ्कफुड’ दिनु चुरोट खुवाउनुजस्तै हो

ती बालबालिका १२ देखि २३ महिनाको बीचका भएको प्रतिवेदनमा उल्लेख छ । यस खालको अध्ययन गरिबीमा रहेका मुलुकमा पौष्टिक पदार्थको अवस्था र साना बालबालिकाको स्वास्थ्य सम्बन्धी पहिलोपटक गरिएको जनाइएको छ ।  सो अनुसन्धान विश्वव्यापी स्वास्थ्य संस्था हेलेन केलर इन्टरनेसनलले गरेको हो ।

Global Ime bank

अध्ययनका क्रममा ती बालबालिकामध्ये आधाले उनीहरुलाई चाहिने क्यालोरी उच्च मात्राको चिनी, उच्च मात्राको नुन र उच्च मात्राको फ्याट स्न्याक्सबाट पाइरहेको जनाइएको छ । उनीहरुको बृद्धि र विकासका लागि पौष्टिक पदार्थको तह अपर्याप्त भएको समेत प्रतिवेदनमा जनाइएको छ । उनीहरुको बृद्धि र विकासको लागि चाहिने अत्यावश्यक पौष्टिक पदार्थ प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र जींकको मात्रा नै कम भएको समेत प्रतिवेदनमा उल्लेख छ । 

यसबाट प्राप्त तथ्यले नीति निर्मातालाई खतराको घण्टी बजाउने अपेक्षा गरिएको द एसेसमेन्ट एण्ड रिसर्च अन चाइल्ड फिडिङ्ग प्रोजेक्टका प्रिन्सिपल इन्भेस्टिगेटर डा. अलिसा प्राइजले बताएकी छन् । (द गार्जीयन)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC