site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा निकट युवा संघको नाम र झण्डा टुंगो लाग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको युवा संगठनको नाम र झण्डाको टुंगो लगाएको छ । युवा संघको नाम  ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ । संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रंयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा अंकित हुनेछ ।

यसअघि नेकपाले युवा संघको नेतृत्व र केन्द्रीय कमिटीको आकारको टुंगो लगाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनको नाम र झण्डाको टुंगो लगाएको संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो । संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल चयन भइसकेका छन् । केन्द्रीय कमिटीको संख्या २५१ तोकिएको छ ।

‘राष्ट्रिय युवा संघ, नेपाल’को स्थापना दिवस २००८ साल जेठ १ गते र संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडा तय भएको दीपशिखाले जानकारी दिए । पेरिसडाँडालाई जनसंगठनको केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले नै गरेको थियो । स्थापना दिवस संगठन आफैँले तोकेको दीपशिखाको भनाइ  छ ।

Global Ime bank

युवा संघको स्थापना २०४७ जेठ १ गते भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC