site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धनी युवा खेलाडीको तेस्रो स्थानमा डी लिग्ट
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालीयन क्लब युभेन्टसले ७५ मिलियन युरोमा १९ वर्षीय नेदरल्यान्डका खेलाडी म्याथिज डी लिग्टलाई क्लबमा अनुबन्ध गरेको छ ।

डी लेट यूनाइटेड, बार्सिलोना र पीएसजीमा जाने भए पनि सिरी ए क्लबसँग उनले पाँच वर्षे सम्झौता गरेका छन् । अन्तिम सिजनमा डी लिग्टले अयाक्सलाई च्याम्पियन लिगको सेमिफाइनलमा पुर्‍याउन सहयोग गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी आयाक्समा छँदा ७७ लिग खेलमा ८ गोल गरेका थिए । जहाँ उनी ९ वर्षको छँदा क्लबमा आएका थिए । सन् २०१८ को मार्चमा उनी क्लबको कप्तान बनेका थिए । उनी अयाक्समा जम्मा तीन सिजन रहे ।

आयाक्सबाट युभेन्टसमा गएका डी लिग्ट सबैभन्दा महँगो मुल्यमा अनुबन्ध हुने युवा खेलाडीको सूचीमा परेका छन् ।  

Global Ime bank

उनी अहिले सबैभन्दा महँगा युवा खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । पहिलो स्थानमा केइलिन एम्बाप्पे छन् भने दोस्रो स्थानमा जोएओ फेलिक्स रहेका छन् । 

तेस्रो स्थानका एन्थोनी मार्सललाई चौथो स्थानमा सार्दै उनले आफूलाई विश्वको सबैभन्दा महँगा युवा खेलाडीको तेस्रो स्थानमा राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC