site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकैपटक २३४ न्यायाधीशको सरुवा, विशेष अदालतमा नयाँ सेट (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन् । 

यसरी सरुवा हुने न्यायाधीशहरुमा जिल्ला र उच्च अदालतमा लगातार दुई वर्ष कार्य गरिसकेकाहरु छन् । परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरुवा गरेका हुन्। परिषद्का अध्यक्ष स्वयं प्रधानन्यायाधीश नै हुने व्यवस्था छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यमा पनि उच्च अदालतका न्यायाधीशहरुलाई तोक्ने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई ल्याइएको छ ।  विशेष अदालतको 'सेट' नै परिवर्तन भएको छ । 

सदस्यहरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलकै न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतकी न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुरका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर, इलाम इजलाशका न्यायाधीश डा. रवि शर्मा अर्याल तोकिएका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC