site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युतीय बस खरिदका लागि साझाले पायो ३ अर्ब, कात्तिकदेखि बस सञ्चालन गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले साझा यातायातलाई तीन अर्ब रुपैयाँ प्रदान गरेको छ । तीन सय विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

साझा सहकारीका अध्यक्ष कनकमणि दीक्षितले सार्वजनिक खरिद ऐनलाई टेकेर चीनबाट विद्युतीय बस खरिद गरिने बताए । विद्युतीय बसहरु बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री हुने बताएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिर चल्ने फरक-फरक विशेषता भएका बसहरु खरिद गरिने दीक्षितले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“साझा यातायातले दुई दशकदेखि सार्वजनिक यातायात क्षेत्रमा उदाहरणीय काम गरेकाले सरकारले साझालाई विश्वास गरेको छ,” दीक्षितले भने । सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँ साझाको खातामा जम्मा भइसकेको साझा यातायातका कार्यकारी प्रवन्धक महेन्द्रराज पाण्डेयले बताए । 

“मन्त्रालयले विद्युतीय बसका लागि गत आर्थिक वर्षलाई आधारवर्षका रुपमा हेरेको थियो । नीति निर्माणका धेरै कामहरु गएको वर्ष भएका छन्,” मन्त्री रघुवीर महासेठले बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने, “यो वर्ष कार्यान्वयनमा गएका छौं । साझालाई विद्युतीय बस खरिद र सञ्चालन गर्न रकम दिएर विद्युतीय बस सञ्चालनको योजनालाई कार्यान्वन गरेका छौं ।”

Global Ime bank

साझाले खरिद गर्ने बसहरु असोजदेखि कार्तिकभित्र उपत्यकामा चल्न सुरु गर्ने मन्त्री महासेठले बताए । सार्वजनिक खरिद ऐनको प्रक्रिया वा जि टु जि प्रक्रियाबाट साझाले विद्युतीय बस खरिद गर्ने पनि महासेठले जानकारी दिए । साझाले विभिन्न चरणमा विद्युतीय बस खरिद गर्ने बताइएको छ ।

“सिन्डिकेट हटेपछि सर्वसाधारणले यातायात क्षेत्र सुधारको धेरै कामहरु हुने अपेक्षा गरेका थिए । विद्युतीय बस सञ्चालन योजना कार्यान्वयन सार्वजनिक यातायात सुधारको एउटा महत्वपूर्ण काम हो । यो चाँडै पूरा हुनेछ,” मन्त्री महासेठले भने ।

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC