site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मवारी सरकारले लिनुपर्ने : आयोग
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकहरुको पालनपोषणको जिम्मवारी लिन सरकारलाई सचेत गराएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकहरुको पालनपोषणको उचित व्यवस्था गर्ने दायित्वबोध गर्न सरकारलाई सचेत गराएका हुन् । 

Agni Group

उनले छोराछोरीलाई मात्रै ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी लिने गरी ‘ज्येष्ठ नागरिक सम्बन्धि कानुन’ निर्माण गर्न सरकार लागि परेको उल्लेख गर्दै असन्तुष्टि पनि जनाए । अध्यक्ष शर्माले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने दायित्व राज्यको हुने संविधानमै व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

बिहीबार आयोग आफैंले ज्येष्ठ नागरिकको सम्बन्धमा सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकको उचित पालनपोषणका लागि राज्यले छुट्टै संवैधानिक आयोग बनाउनुपर्ने तर्क पनि गरे ।

Global Ime bank

अध्यक्ष शर्माले सरकारले ऐन, कानुन बनाउने तर त्यसको उचित ढंगले कार्यान्वयन नगराउने काम हुने गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाए। उनले ज्येष्ठ नागरिकलाई परिवारबाट अलग हुने गरी कानुन बनाउने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC