site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
इन्स्ट्राग्रामको लाइक शैली फेरिँदै
Sarbottam CementSarbottam Cement

वाशिङटन । इन्स्ट्राग्रामले केही देशहरुमा ट्रायलको रुपमा लाइकको संख्यालाई हटाउन थालेको  छ । ती देशमा अष्ट्रेलिया, जापान लगायतका रहेका छन् ।

प्रयोगकर्तालाई दबाबमा पर्न नदिनका लागि यसो गरिएको कम्पनीले जनाएको छ । यसको ‘ट्रायल’ आज विहीबारबाट शुरु भएको छ । यसमा प्रयोगकर्ताको नाम र  ‘एण्ड अदर्स’ मात्रै देखिनेछ । नम्बर देखिने छैन । यद्यपि प्रयोगकर्ताले आफैं अझैपनि आफ्नो पोष्टको लाइक हेर्न सक्नेछन् । सो कम्पनीले कम उमेरका मानिसलाई लाइकको संख्याका कारण बढ्ने गरेको तनावले यसो गरेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा भएका विभिन्न अनुसन्धानमा लाइक कम आउँदा कम उमेरका मानिसहरुलाई मानसिक रुपमा नै स्वास्थ्य समश्या देखापरेको समेत पाइएको थियो ।

इन्स्ट्राग्रामले क्यानडामा गएको मे महिनामा यस्तै प्रयोग गरेको थियो । अहिले अष्ट्रेलिया, न्यूजील्याण्ड, आयरल्याण्ड, इटाली, जापान र ब्राजीलमा पनि ट्रायल गर्न लागेको हो  । यसो गर्दा कति लाइक पाइए भन्ने तनाव हट्ने जनाइएको छ । त्यसोगर्दा प्रयोगकर्ता  आफूलाई मन पर्ने कुराको शेयरीङ्गमा लाग्ने फेसबुकका अष्ट्रेलिया र न्यूजील्याण्डका मिया गार्लीकले वक्तव्यमा जनाएका छन् ।  

Global Ime bank

यसको लक्ष  प्रयोगकर्ताहरुले लाइकमा कम ध्यान दिउन् र स्टोरीमा बढी ध्यान दिउन् भन्न्ो रहेको जनाइएको छ ।  इन्स्ट्राग्रामले बिजनेशमा मेजरमेन्ट टुल्सको रुपमा काम नगर्ने जनाएको छ । प्रयोगकर्ताले लाइक गर्नेको सूची अझैपनि हेर्न भने सक्ने जनाएको छ । यसको प्रयोग पहिला क्यानडामा भएको थियो । लाइकको संख्याको बारेमा दबाब महसुस गर्नु नपरोस् भनेर यसो  गरिएको इन्स्ट्राग्रामका प्रमुख आडम मोसेरीले बताएका छन् । इन्स्ट्राग्राममा लाइकको संख्यालाई सफलता वा पपुलारिटीको मापन गर्ने माध्यम बनाइँदै आएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC