site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलाली विस्फोटः घाइते राम सिंहको मृत्यु (अपडेट)
Sarbottam CementSarbottam Cement

काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुका उक्त स्थानमा बम विस्फोट हुँदा पाँचजना घाइते भएका थिए । घााइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।
उनका अनुसार घाइते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका सिंह विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका पौने सातबजे स्थानीय निलम होटेलमा विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डेयसहित पाँचजना घाइते भएका थिए । विष्फोटमा परी ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ । 
घाइते भएका होटल सञ्चालक पाण्डेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । प्रहरी स्रोतका अनुसार बम धनगढी हुँदै पहाडी जिल्लातिर लैजान लागेको र उक्त होटलमा खाना खान छिरेका बेला झोलामा रहेको बम विस्फोट भएको प्रहरीले अनुमान गरेको छ ।

बम त्रुटिबस विस्फोट भएको बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC