site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इण्डोनेसियामा हिन्दुप्रति आकर्षण बढ्दो, जाभाकी राजकुमारी भन्छिन्–मन्दिरमा प्रार्थना गर्दा शान्ति मिल्छ 
Sarbottam CementSarbottam Cement

जकार्ता । इण्डोनेसियाको जाभाकी  राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासी सन् २०१७ देखि हिन्दु धर्मावलम्बी भएकी छन् ।  उनले आफू लामो समयदेखि हिन्दू धर्मावलम्बी हुन चाहेको प्रतिक्रिया दिएकी छन् । उनलाई हिन्दू मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने बताउँछिन् । उनले इश्लामी धर्म छोडेर हिन्दू धर्म अपनाएकी हुन् । 

इण्डोनेसियाका प्रतिष्ठित मानिसमा पर्ने उनी सन् १९६१मा इटालीको रोममा जन्मेकी हुन् । संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् ।  उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को  जुलाई १७ बाट हिन्दु भएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दू धर्ममा लाग्नका लागि योे शुरुवाती प्रक्रिया हो । हिन्दू धर्म  इण्डोनेसियामा अल्पसंख्यक समूहले मान्दै आएको धर्म हो । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् । 

अहिले आएर यो धर्मप्रति आकर्षित हुने मानिसको संख्या बढ्दै गएको बताइएको छ । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले हिन्दु बनाएका हुन् ।  पूजारीले राजकुमारीलाई शुद्धीकरण विधि अपनाएर हिन्दु बनाएका हुन् । त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो ।  राजकुमारीले बालीमा  हिन्दु आश्रम बनाउने पनि घोषणा गरेकी छन् ।  इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ । (एजेन्सी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC