site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संक्रमणकालीन न्यायमा ढिला भइसक्यो, अब पनि समाधान नगरिए देश अप्ठेरोमा पर्न सक्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले संक्रमणकालीन न्यायको प्रक्रिया चाँडो चाँडो समाधान गर्नुपर्ने तर ढिला भइरहेको बताएका छन् । संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउनका लागि सत्य र बेपत्ता आयोगका पदाधिकारीको छनोटका लागि आज सिफारिस समितिको बैठक बस्न लागिरहेको बेलामा बाह्रखरीसँग कुरा गर्दै नेम्वाङ्गले भने,‘‘यो प्रक्रिया चाँडो अघि बढाउनुपर्छ भन्ने बारेमा सबै दलका नेताहरु सहमत हुनुहुन्छ ।’’

कसलाई आयोगमा राख्ने भन्ने बारेमा कुरा नमिलेको हो भन्ने जिज्ञासामा नेम्वाङ्गले भने,‘‘त्यसबारेमा मलाई जानकारी छैन । तर, यो प्रक्रिया ढिला हुँदै गइरहेको छ । यसरी ढिलो हुँदै गयो भने देश नै अप्ठेरोमा पर्न सक्छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नुपर्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

पीडितहरुले सिफारिस समिति नै पुनर्गठन गरेर नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्ने माग हिजो मात्रै राखेको सन्दर्भमा नेम्वाङ्गले भने,‘‘यसबारेमा त सरकारले जान्ने कुरा हो । ’’

दुवै आयोगमा राख्ने व्यक्तिका बारेमा यसअघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही चरणमा वार्ता भएपनि यसबारेमा अझै टुंगोमा पुग्न नसकेको बताइएको छ ।
त्यही भएर सिफारिस समितिको बैठक बसेपनि हरेक पटक त्यसलाई लम्ब्याउने कार्य हुँदै आएको छ ।

Global Ime bank

गएको चैत मसान्तपछि नै दुवै आयोग पदाधिकारीविहीन हुँदा संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढ्न सकेको छैन । दुवै आयोगमा पीडितका तर्फबाट हजारौं उजुरी परेपनि अहिले अलपत्र अवस्था रहेको दुवै आयोगका सचिवालय सम्बद्ध उच्च अधिकारीहरुले बताएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC