site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीपहिरोबाट नेपालसमेत तीन देशका ९३ बालबालिकाको मृत्यु, ५० लाख प्रभावित
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले हालैको बाढी र पहिरोका कारण नेपालसहित दक्षिण एसियाका तीन मुलुकमा ९३ जना बालबालिकाले ज्यान गुमाउनुपरेको जनाएको छ । युनिसेफले न्यूयोर्क र काठमाडौंबाट जारी गरेको संयुक्त वक्तव्यमा नेपाल, भारत र बंगलादेशमा अझै लाखौंको संख्यामा बालबालिका जोखिममा रहेको समेत जनाइएको छ । 

युनिसेफले यस खालको समस्याबाट अहिले तीनवटा देशका १ करोड २० लाख मानिस प्रभावित भएको र त्यसमा ५० लाख बालबालिका भएको उल्लेख छ ।

लाखौं बालबालिकाहरुको जनजीवन वर्षा, बाढी र पहिरोले अप्ठेरोमा परेको जनाउँदै युनिसेफका क्षेत्रीय निर्देशक जीन गौफले वर्षा निरन्तर हुँदा यो अवस्था अझ बढ्ने क्रममा रहेको समेत जनाएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युनिसेफले यो मामिलालाई तत्कालै सम्बोधन गर्न स्थानीय अधिकारीहरुसँग मिलेर काम गरिरहेको  र बालबालिकाहरुलाई सुरक्षित स्थानमा राख्ने सुनिश्चितता खोजिरहेको तथा आवश्यक सहयोग गरिरहेको जनाएकी छन् । यद्यपि अझै कतिपय क्षेत्र सडक, पुल र रेलमार्गको पहुँचमा नरहेका कारण  उनीहरुलाई सफा पिउने पानी, रोग फैलिन नदिन आवश्यक व्यवस्था, खाद्यान्न वितरण र बालबालिकाका लागि सुरक्षित रुपमा पुनस्र्थापित गर्ने स्थानपनि नरहेको जनाएको छ । 

उचित संयोजनका साथ युनिसेफले सम्बद्ध सबै सरकारसँग आवश्यक संयोजन गरी बालबालिका र तिनका परिवारलाई तत्काल मानवीय सहयोगको लागि पहल भइरहको युनिसेफले उल्लेख गरेको छ । 

Global Ime bank

नेपालमा लगभग ६८ हजार ६६६ मानिस अस्थायी रुपमा विस्थापित भएको त्यसमा २८ हजार ७०२ बालबालिकापनि परेको  युनिसेफले जनाएको छ । जम्मा ८८ मानिस मारिएको (गृह मन्त्रालयले भने हिजै ९० जना मारिएको जनाएको), त्यसमा ४७ जना बालबालिका (१५ जना बालिका र ३२ जना बालक)को मृत्यु भएको जनाइएको छ । 

३१ जना मानिस अझै बेपत्ता रहेको, ४१ जना घाइते भएको नेपाल सरकारको तथ्यांकमा जनाइएको युनिसेफले जनाएको छ । करिब १२ हजार परिवारका मान्छे मध्य र पूर्वी नेपालबाट अस्थायी रुपमा विस्थापित भएको युनिसेफले जनाएको छ । 

यद्यपि विस्थापित मध्येका धेरै मानिस अहिले पानी पर्न छोडेपछि आफ्नो घरमा फर्किन थालेको युनिसेफले जनाएको छ । बंगलादेशमा ७ लाख ५१० बालबालिका बाढीबाट प्रभावित भएको समेत युनिसेफले जनाएको छ । यस्तै भारतमा ४.३ मिलियन बालबालिका बाढीबाट प्रभावित भएको युनिसेफको भनाइ रहेको  छ ।

युनिसेफका क्षेत्रीय प्रमुखले वक्तव्यमा मौसमका कारण सिर्जना भएको अवस्थाको बारेमा आफूहरुले हेरिरहेको र मौसम पूर्वानुमान गर्नै नसक्ने अवस्थामा रहेको जनाएकी छन् । यसबाट बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको युनिसेफले जनाएको छ । 

यो अवस्थाका कारण बालबालिकालाई विभिन्न चोटपटक लाग्नुका साथै झाडापखाला र अन्य रोगहरुको प्रकोप बढ्ने सम्भावनाका अतिरिक्त बालबालिकालाई विद्यालय जानपनि अप्ठेरो परिरहेको युनिसेफले उल्लेख गरेको छ । पूर्वाधारहरु भत्किएको र बस्नकै लागि समेत बालबालिकालाई समस्या परेको युनिसेफको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC