काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीमा भएको बम विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको छ । यसअघि बिहीबार साँझ विप्लव समूहले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको थियो ।
तर शुक्रबार (आज) विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणले विज्ञप्ति जारी पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको स्वीकार गरेका छन् ।
विज्ञप्तिमा उनले उपचारका क्रममा ज्यान गुमाउने राम बहादुर सिंह पार्टी कार्यकर्ता भएको बताएका छन् । स्रिहको गएराति उपचारका क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको थियो । घटनामा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै उपचार पार्टीले गर्ने विज्ञप्तिमा उल्लेख छ । विस्फोटमा घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सेराला पनि विप्लव समूहकै कार्यकर्ता हुन् ।