site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् प्रि–सिजनका उत्कृष्ट पाँच क्लब मैत्रीपूर्ण फुटबल
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व फुटबलका सबै खाले अन्तरराष्ट्रिय प्रतिस्पर्धा सम्पन्न हुने अवस्थामा छन् । कोपा अमेरिका, दि नेसन्स युरो क्वालिफायर्स, यू–२० युरोस र महिला विश्वकप जस्ता प्रतियोगिताहरु सकिइसकेका छन् । अफ्रिका कपको फाइनल खेल आज राति हुँदैछ ।

स्पेनिस, इटालियन, फ्रान्सेली लिगहरुको ड्र पनि सार्वजनिक हुने अवस्थामा छ र केही लिगको ड्र सार्वजनिक पनि भइसकेको छ ।

क्लबहरुको लिग सञ्चालन हुनुभन्दा पहिले अर्थात प्रि–सिजनमा केही उत्कृष्ट क्लबको मैत्रीपूर्ण खेलहरु हुँदैछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

५) म्यान्चेस्टर युनाईटेटविरुद्ध इन्टर मिलन (२० जुलाई)

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत म्यान्चेस्टर युनाइटेड र इन्टर मिलनले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको पहिलो खेलमा इटालियन क्लब र इङ्लिस क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । युनाइटेडले गएको सिजन प्रिमियर लिगको पाँचांै स्थानमा रहेर सिजन अन्त्य गरेको थियो । यता मिलनले प्रिमियर लिगमा चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।

Global Ime bank

यो खेलमा भने दुबै टोली जितको लागि मैदान उत्रनेछन् । दबै टोलीबीचको खेल नेपाली समय अनुशार शनिबार साँझ ४ः१५ बाट सुरु हुनेछ ।

४) वार्यन म्युनिखविरुद्ध एसी मिलन (२३ जुलाई)

जर्मन बुन्डेस लिगा च्याम्पियन क्लब वार्यन इन्टरनेस्नल च्याम्पियन्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा सिरी ए क्लब एसी मिलनसँग प्रतिस्पर्धा गर्दैछ । वार्यन सन् २०१८–१९ को बुन्डेसलिगा च्याम्पिनय जर्मन क्लब हो । मिलन भने सिरी ए मा पाँचौं स्थान रहँदै इटालियन लिग अन्त्य गरेको टोली हो ।

दुबै टोली तुलनात्मक हिसावले बलियो टोली हुन् । यो जुलाईमा हुने खेलमा हुने क्लबका खेलहरुमा यो खेललाई पनि उत्कृष्ट खेलको रुपमा हेरीएको छ ।

३) बार्सिलोनाविरुद्ध नेपोली (८ र १० अगस्ट)

स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले ८ र १० अगस्टमा नेपोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछन् । तुलनात्मक रुपका दुबै क्लब उत्कृष्ट हुन् । सिरी ए मा दोस्रो स्थान रहँदै सिजन अन्त्य गरेको नेपोली  इटालियन क्लब हो । उता ला लिगाको उपाधि उचालेको बार्सिलोना स्पेनिस क्लब हो ।

दुबै क्लबले क्लब मैत्रीपूर्ण खेल अन्तर्गत प्रतिस्पर्धा गर्न लागेका हुन् । यो प्रि–सिजनमा हुन लागेको दुबै टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

२) लिभरपुलविरुद्ध बोरुसिया डर्टमन्ड (२० जुलाई)

युरोपियन च्याम्पियन लिभरपुलले क्लब मैत्रीपूर्ण खेल अन्तर्गत बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुल गएको सिजन प्रिमियर लिगमा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको क्लब हो । यता डर्टमन्ड पनि बुन्डेसलिगामा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको टोली हो ।

दुबै टोलीले शनिबार बिहान ५ः४५ मा प्रतिस्पर्धा गर्दैछन् । लिभरपुल तुलनात्मक रुपमा डर्टमन्ड भन्दा बलियो टोली हो । क्लब मैत्रीपूर्ण खेलमा दुबैटोलीबीचको खेल हेर्न लायक हुनेछ ।

१) रियल मड्रिडविरुद्ध एट्लेटिको मड्रिड
स्पेनिस क्लब रियल मड्रिड गएको सिजनमा एउटा पनि मुख्य उपाधि नजितेको क्लब हो । रियलले सिजन २०१८–१९ मा कुनै खाले क्लब उपाधि उचाल्न सकेन । ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि जितेको रियल नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

रियलले प्रि–सिजन अन्तर्गत बलियो प्रतिस्पर्धि एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले इन्टरनेस्नल च्याम्पियन्स कप अन्तर्गत पहिलो खेलमा एट्लेटिको मड्रिडलाई प्रतिस्पर्धिको रुपमा पाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC