site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण
Sarbottam CementSarbottam Cement

दमौली । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । 

ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । “विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले आर्थिक वर्ष ०७५–७६ को बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापन र खोज उद्धारकार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने उल्लेख गरेको थियो । 

सोही निर्णयबमोजिम जिल्लास्थित भिमाद नगरपालिकामा सात, आँबुखैरेनी गाउँपालिकामा ६, व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भानु नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४ र बन्दीपुर गाउँपालिकामा ६ ठाउँमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिए । 
उनका अनुसार भिमाद नगरपालिका–२ को थुम्सिङ, करङश्वारा, खोराकी, ८ को कोखे, ४ को पार्वती मावि, १ को काउले र ५ को घारुङभञ्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि, २ को ढकालटार, ३ को रामशाह मावि, ४ को पावरहाउस मावि, ५ को भुजुवा सतिडाँडा र ६ को हिलेखर्कमा हेलिप्याड निर्माण गरिएको छ । 

Global Ime bank

त्यस्तै व्यास नगरपालिका–१४ को केशवटार उमावि, ७ को बोटेटार, १२ को कर्लुङ, ११ को धानगोदाम, ८ को वडा भवन र पुलिमराङ, ६ को शिशाघाट, ३ को जिल्ला प्रशासन कार्यालय अगाडि, ५ को कृष्णदल गण चापाघाट व्यारेक र १ को निर्मल मावि प्राङ्गणमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को गैछीश्वारा र अन्तरराष्ट्रिय युवा वर्ष प्रावि, १२ को जनप्रेमी उच्च मावि, ११ को आधारभूत मावि, ४ को नगरपालिका प्राङ्गण, श्री नं ३ बाहिनी अड्डा, ५ को झरौटा र २ को एक्लेखेतमा हेलिप्याड निर्माण गरिएको छ । भानु नगरपालिका–२ को मनकामना गण, १ को भन्सार खेलमैदान, ९ को काउरेटार र कालिका बहुमुखी क्याम्पस, ८ को मनोहर मावि प्राङ्गण, ७ को वसन्तपुर, १३ को ठूलोढुङ्गा खेलमैदान, ११ को मायाकु राष्ट्रिय मावि, १२ को अर्चले खेल मैदान र १ को हात्तीचौर व्यारेकमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी देवघाट गाउँपालिका–४ को पार्वती मावि, ३ को वडा कार्यालय नजिक, ५ को केरीफाँट र पिपलटार, २ को कोटवैदी र डिही, रिसिङ गाउँपालिका–१ को शुक्ला मावि र शहीद गङ्गा मावि प्राङ्गण, ७ को पोखरीभञ्ज्याङ, ४, ८ को बडगाउँ र ५ को सुशेभञ्ज्याङ, घिरिङ गाउँपालिका–१ को अत्रौली, ५ को वडा भवन, ४ को गड्यौलीमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिए । 
त्यस्तै म्याग्दे गाउँपालिका–४ को गणेश मावि, ७ को तिलाटार, २ को पिपलडिही र ३ को सुरौदीखोला तट र बन्दीपुर गाउँपालिका–४ को टुँडीखेलमा हेलिप्याड निर्माण गरिएको उनले बताए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC