site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शैक्षिक शुल्कवृद्धिको नेविसंघले भण्डाफोर गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघले शिक्षण संस्थाहरुले गरेको शुल्कवृद्धिको तथ्यांकसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा नेविसंघले आन्दोलन अन्तरगत साउन ६ गते शिक्षामन्त्रीलाई शुल्क घटाउन माग गर्दै ज्ञापन पत्र बुझाउने, साउन ८ गते विज्ञहरुसँग अन्तरक्रिया गर्ने र साउन १० गते प्लाकार्डसहित सडक प्रदर्शन र त्यसपछि चर्को शुल्क असुल्ने कलेजहरुमा भण्डाफोर गर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेविसंघ ११ औं महाधिवेशन सम्पन्न गर्ने पक्षधरहरुले भर्खरै आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपिडितहरुलाई राहत संकलनमा जुट्ने पनि घोषण गरेको छ । उनीहरुले तत्काल बाढीपिडितलाई राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन् । 

विद्यार्थी नेताहरुले पत्रकार सम्मेलनमा शिक्षण संस्थाहरुमा भएको बेथिति अन्त्य नगरिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । कक्षा ११ र १२ देखि विश्वविद्यालयसम्म तथा सीटीईभीटीदेखि एमबीबीएस र इञ्जिनियरिङ्गसम्मको मापदण्ड, शुल्क निर्धारण र सिट संख्या अविलम्ब तोक्नुपर्ने उनीहरुको माग छ ।

Global Ime bank

आन्दोलनको कार्यक्रमको संयोजन विद्यार्थी नेता मोतिलाल भण्डारी, लिलाबल्लव दाहाल काका, मनोहरि श्रेष्ठले गर्ने भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC