site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रदेश १ सरकारको बजेट खर्च ५८ प्रतिशत
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ५८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ ५७ दशमलव ७४ प्रतिशत र पूँजीगततर्फ ५८ प्रतिशत बजेट खर्च गरेको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालुतर्फ नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ र पूँजीगततर्फ ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकारले पूर्ण बजेट ल्याएको पहिलो वर्षको सात महिनासम्म बजेट खर्च गर्न सकेको थिएन् तर त्यसयता भने खर्चको गति बढेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पनि प्रदेश सरकारले आर्थिक वर्षको अन्तिमसम्मा ६० प्रतिशत हाराहारीमा खर्च गर्ने बताएका थिए । 

कर्मचारी अभाव र खर्च गर्ने संरचना नभएका कारण कुल बजेटको ५८ प्रतिशत मात्र खर्च भएको बताइएको छ । मन्त्री आङ्बोले सदनमा सांसदले सरकारको खर्च गर्ने क्षमता कमजोर भएको विषयमा उठाएको जिज्ञासामा समेत अब आर्थिक वर्ष शतप्रतिशत बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान हुने बताएका थिए ।

Global Ime bank

प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट पारित गरेको थियो । कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत विनियोजन गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC