खेल
एजेन्सी । अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । अल्जेरियाको यो दोस्रो उपाधि हो ।। शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोल अन्तरले पराजित गर्दै अल्जेरिया दोस्रो पटक च्याम्पियन बनेको हो ।
सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ ।
अल्जेरियालाई जित दिलाउन खेलको दोस्रो मिनेटमा बगदाद बौनेदजाहले निर्णायक गोल गरे । त्यसपछि दुबै टोलीले गोल भने गर्न सकेनन् ।
सेनेगल भने पहिलो उपाधि उचाल्ने अवशरबाट बंञ्चित भयो । दोस्रो हाफमा ह्याण्ड बलबाट पेनाल्टी पाए पनि भिएआरले भने दिएन ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ ०८:५९
प्रतिक्रिया दिनुहोस्