एजेन्सी । च्याम्पियन्स लिग विजेता क्लब लिभरपुल जर्मन क्लब डर्टमण्डसँग पराजित भएको छ । शनिबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण क्लब फुटबल खेलमा लिभरपुललाई डर्टमण्डले ३–२ गोल अन्तरले हराएको हो ।
डर्टमण्डलाई जित दिलाउन पाको अल्कासर, थोमस डेलाने र जाकोब लार्सेनले समान एक–एक गोल गरे । लिभरपुलका लागि ह्यारी विल्सन र रिहिन ब्रिउस्टरले समान एक–एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा अल्कारले डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका हुन् । खेलको ३५ औँ मिनेटमा विल्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै डर्टमण्डमा डेलानेले ५३ औँ मिनेटमा गोल गर्दा ५८ औँ मिनेटमा लार्सेनले गोल गर्दौ लिभरपुललाई जित तर्फ अगि लिए ।
यता, लिभरपुलका लागि खेलको ७५ औँ मिनेटमा ब्रिउस्टरले टिमका लागि दोस्रो गोल गरे पनि जित भने दिलाउन सेकनन् ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरु अघि तयारी गर्न लिभरपुल र डर्टमण्ड अमेरिका भ्रमणमा रहेका छन् ।