site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ‘नेपाल लोक स्टार’मा बाँकी रहे २५ प्रतिस्पर्धी  
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’मा मेगा अडिसनबाट २३ जना प्रतिभा छनोट भएका छन् । जर्ज राउन्डबाट मेगा अडिसनमा आइपुगेका १०९ बाट २३ जना प्रतिस्पर्धी छनोट भएका हुन् । 

तीजनाले गोल्डेन स्टार पाएकाले शुक्रबार साँझ भएको मेगा अडिसनबाट १७ जना प्रतिस्पर्धीलाई छनोट गर्नुपर्ने ‘शो’को फम्र्याट भए पनि निर्णायकहरुले थप पाँच जना प्रतिस्पर्धी छनोट गरेका छन् । ‘नेपाल लोक स्टार’मा अब जम्मा २५ जना प्रतिस्पर्धी बाँकी छन् ।  

साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जर्ज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिनि सम्पन्न गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अब अर्को साता प्रशारण हुने नवौं श्रृंखालाबााट पाँच जना बाहिरिएर २० जना बाँकी रहने आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । यसलाई टप ट्वान्टी स्थापित गर्ने श्रृंखला भनिने छ । “२० जना छनोट भइसकेपछि फाइनल राउन्ड भनिनेछ,” अध्यक्ष कोइरालाले भने, “यसपछि भोटिङ शुरु हुनेछ ।” 

उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहनेछ । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फम्र्याट यही रहनेछ । उत्कृष्ठ पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् । 

Global Ime bank

एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ । 

कार्यक्रमको ३६ औं श्रृंखला ग्रान्ड फिनाले हुनेछ । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC