site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । 

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए । ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मंचलगायतका नौ वटा राजनीतिक दलहरु आवद्ध रहेका छन् । देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दवाव दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाइ छ ।

नेपाली कांग्रेस (विपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दवाव दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताए । उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानवीनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC