site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालोपत्रे गरेको एक महिनामै उप्कियो
Sarbottam CementSarbottam Cement

गलकोट । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महिनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महिीनामै उप्किएको छ । 

केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु एक करोड र जैमिनी नगरपालिकाको रु एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महिनामै उप्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कालोपत्रे गरेको सडक गुणस्तर कमजोर भएको गुनासो आएपछि नगरपालिका, डा पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमसहितको समूह र सडक डिभिजन कार्यालयका इञ्जिनीयर सिंहबहादुर विष्टको संयुक्त अनुगमनले सडकको गुणस्तरमा कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो । 

“प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये २५८ मिटर सडक कमशल भएको पाइयो”, इञ्जिनीयर विष्टले भने, “सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिन्छ ।” गुणस्तरमा कमजोर देखिएको सडकमा पानीको उचित व्यवस्थापन नगरी कालोपत्रे गर्दा कमजोर भएको नगरपालिकाका प्राविधिक सुमनराज रेग्मीले बताए ।  

Global Ime bank

दुई करोड लागत इष्टमेट गरेको सडकलाई ‘बि एण्ड ए’ निर्माण कम्पनीले रु एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत चैत १८ गते सम्झौता गरे पनि केही भागमा कालोपत्रे उप्किएको रेग्मीले जानकारी दिए । कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदनअनुसार २५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । 
 
गुणस्तरअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीस्वरुप रु १५ लाख रकम घटाएर भुक्तानी गरिएको पौडेलले जानकारी दिए । आफूले जनताको सुविधालाई लक्षित गरी कुस्मिशेरामा पहिलोपटक कालोपत्रे सडक निर्माण कार्य शुरु गरे पनि सोचेजस्तो काम नभएको सांसद पाठकले बताए । उनले आगामी दिनमा छिटो बजेट ल्याउने र अहिले कमजोर कालोपत्रे भएको स्थानमा यो आर्थिक वर्षमा कालोपत्रे गरिने जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC