site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पौडी खेल्ने क्रममा बालकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पौडी खेल्ने क्रममा शनिबार डुबेर  तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
 
जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।   

पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए । 

त्यसैगरी जिल्लाको भानुनगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको छ । आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीया मैया अधिकारी घरमा रहेको अवस्थामा अधिकरीले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ । उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा रहे पनि अधिकारी जानीजानी नभई डोरीमा झुन्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC