site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तरकाशीमा २१६ बच्चा जन्मिँदा बालिका शून्य
Sarbottam CementSarbottam Cement

उत्तरकाशी । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । स्वास्थ्य विभागको प्रतिवेदनअनुसार उत्तरकाशीमा पछिल्लो महिनाबाट एउटा पनि बालिकाको जन्म भएको छैन । 

घटना सार्वजनिक भएपछि उत्तरकाशी जिल्लामा भ्रुण हत्याको आशंका गरिएको छ । यो जिल्लाका एक सय ३३ गाउँमा पछिल्ला तीन महिनामा २१६ शिशु जन्मिएका छन् । तर, त्यसमा एक पनि बालिका छैनन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले घटनाप्रति चिन्ता जनाएका छन् । उनले अधिकारीहरुलाई घटनाको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तराखण्डकी महिला तथा बाल विकास राज्यमन्त्री रेखा आर्यले घटनालाई गम्भीर बताउँदै भनेकी छन्, “यस विषयमा अनुसन्धान गर्छौं । सबै आँगनवाडी केन्द्र (आँगन आश्रय) मा गर्भवती महिलाहरुको परीक्षण गर्न जरूरी छ । यसमा कहीँ न कहीँ गडबडी अवश्य पनि छ । जाँचपछि घटनाको सत्यतथ्य आउँछ । यदि कोही दोषी फेला परे उसका विरुद्ध कडा कारबाही गरिने छ ।”

एबीपी न्यूज

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC