site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘फोर्स मर्जर भनेका होइनौं सल्लाह मात्र दिइएको हो’
Ghorahi CementGhorahi Cement

विराटनगर । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बजारमा आएको हल्लाजस्तो राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जबरजस्ती मर्जर गर्न भनेको नभएर नैतिक सल्लाह मात्र दिएको बताएका छन् । उनले भने,‘‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको हितलाई नै हेरेर सल्लाह दिएको हो । दबाब दिएको होइन ।’’

शिवाकोटीले सोमबार विराटनगरमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको देवकोटाचोक शाखा र इटहरी शाखा उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुको गुणस्तरीय सेवा नै राष्ट्रबैंकको लक्ष्य भएको स्पष्ट पारे । प्रदेश १ का प्रमुख सहरमा सप्तकोशी बैंकले एकै पटक दुई शाखा संचालनमा ल्याएको हो । 

Agni Group

शिवाकोटीले भने,‘‘बैकिङ् सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार आवश्यक छ ।’’ उनले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि देशका सबै जनतासम्म बैकिङ् सेवा पुग्नु अति आवश्यक भएको समेत बताए । 

बैंकले आयात प्रतिस्थापन तथा निर्यात पबर्द्धनकालागि योगदान दिनुपर्ने चर्चा गरे । सप्ताकोशी बैंकका अध्यक्ष तारानाथ निरौलाले सरकारको नीति बमोजिम ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको बताए । 

Global Ime bank

उनले भने, ‘‘बैंकको संस्थागत सुशासन कायम राख्न व्यवस्थापन र सञ्चालक समितिले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेको हुँदा यो बैंकले छोटो अवधिमा सफलता हासिल गर्न सकेको हो । गत आषाढ २२ गतेबाट काबेली विकास बैंक सँग एक आपसमा गाभिएर १ नं. प्रदेशका ७ जिल्लामा कार्यालय संख्या २७ निरौलाले जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC