एजेन्सी । गर्मीयाम सुरु भएको एक महिना पूरा नुहँदै यस वर्ष थुप्रै रेकर्ड तोडिएको छ । विश्वभर यस वर्षको तापक्रम अहिलेसम्म कहिल्यै नदेखिएको स्तरमा पुगेको हो । यस्तोमा यो जुन महिनाले हालसम्मकै तातोको नयाँ रेकर्ड बनाएको “नेस्नल ओसिअनिक एण्ड एट्मस्फेरिक एड्मिन्सट्रेसन” को नयाँ रिपोर्टले सार्वजानिक गरेको डाटामा उल्लेख छ ।
असिमित तरिकाले बढेको तापक्रमकै कारण अन्टार्टिकामा दोस्रो महिना लगातार हालसम्मकै कम बरफी सतह देखिएको हो । नोआज नेस्नल सेन्टर फर इन्भारोमेन्टल इन्फर्मेसनका वैज्ञानिकहरुले बताए अनुसार २० औँ शताब्दीका थर्मोमिटरले जुनको तापक्रम ५९.९ डिग्री फरेनहाइट देखाएको हो तर विश्वव्यापी तापक्रममा भने जुन २०१९ मा औसतमा त्यो भन्दा १.७ डिग्री बढी रहेको छ । यस्तोमा १४० वर्षदेखिको डाटामा वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना देखेका हुन् । तरपनि दश मध्ये नौवटा सबैभन्दा गर्मी महिना २०१० पछि देखिएको हुँदा धेरैले यो नयाँ रेकर्ड कुनै आश्चर्य नभएको पनि बताएका हुन् । यस्तोमा २०१७ पछि यो वर्ष दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ ।
यसरी अलस्का, क्यानडा, दक्षिण अमेरिका, दक्षिण अफ्रिकाका केही भूभाग, मदागस्कर, न्युजिल्यान्ड, मेक्सिको र पूर्वी एसियाले आधा वर्षमै हालसम्मकै उच्च तापक्रमको सामना गर्नु परेको हो जसका लागि हिन्द महासागर, अट्लान्टिक महासागर र बेरिङ समुद्रको सतह बढेका कारण यस्तो भएको बताइएको छ । यसरी विभिन्न क्षेत्रमा योपटकको तापक्रम सामान्य अवस्था भन्दा तल वा धेरै माथि पुगेको पाइएको हो । फ्रान्स, जर्मनी, स्पेन, उत्तरी इटली, स्वीट्जरल्यान्ड, अष्ट्रिया र चेक रिपब्लिक लगायतका केही युरोपेली राष्ट्रहरुले पनि यसअघि कहिल्यै देखा नपरेको तापक्रम, औसतमा भन्दा ६ देखि १० डिग्री बढीको सामना गर्नुपरेको हो । सीएनएन