site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चन्द्रमाको सतहमा मानव मलमूत्रदेखि गल्फ बलसम्म ! 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सन् १९५९ मा सोभियत युनियनको अन्तरिक्षयानले चन्द्रमाको सतहमा दुर्घटनापूर्ण अवतरण गराएदेखि नै त्यहाँ सबै किसिमका फोहोर जम्मा भइसकेको थियो । यससँगै अपोलोको पहिलो सफल चन्द्रमा मिसनमा पनि अन्तरिक्षयात्रीहरुले मानव मलमूत्रदेखि प्राविधिक उपकरण र गल्फ बल समेत चन्द्रमामा छाडेका हुन् । तर त्यसो गर्नुका पछाडि वैज्ञानिक कारण पनि रहेको बताइएको छ । 

यसरी सफल अवतरणपछि अपोलो मिसनका अन्तरिक्षयात्रीहरुमा चन्द्रमाबाट सकेसम्म धेरै ढुङ्गाहरु पृथ्वीमा ल्याउने जिम्मेवारी थियो । तर यसका लागि ती ढुङ्गाहरुको तौल सन्तुलनमा ल्याउन उनीहरुले केही अनावश्यक कुरा त्यहीँ छाड्ने निर्णय गरे । जसपछि उनीहरुले १२ वटा क्यामरा, १२ जोडी बुट, एउटा टेलिस्कोप, दुईवटा गल्फ बल लगायतका उपकरण चन्द्रमाको सतहमै बिसाएका हुन् । यति मात्र नभएर त्यससँगै मानव मलमुत्र र बान्ताले भरिएका ९६ वटा ब्यागहरु पनि चन्द्रमामा छाडिएको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि ती मानव मलमूत्रले चन्द्रमाको वातावरणमा कुनै दिर्गकालीन असर नगर्ने बीबीसीको साइन्स फोकस म्यागजिनका लागि रहेको एउटा लेखमा एस्ट्रोफिजिक्स प्रोफेसर एल्स्टेर गनले बताएका हुन् । उनी भन्छन्, “मानवजन्य फोहोरमा हुने कुनैपनि सुक्ष्मजीवाणुहरु चन्द्रमाको सतहको कठोर वातावरणमा पक्कै पनि जिवित रहन सक्दैनन् । तर थोरै समयका लागि केही सङ्ख्यामा जिवित रहने हो भने पनि  ५० वर्ष बितिसक्दा पक्कै पनि तिनीहरु अहिले धुलो भइसकेका छन् । र यसले अन्तरिक्षमा जीवाणुहरुको सम्भाव्यताबारे महत्वपूर्ण जानकारी प्रदान गर्न सक्छ ।”

उनका अनुसार तिनीहरु अहिले धुलोका ब्याग भइसकेको अनुमान गरिएको छ । यसरी सन् १९७२ पछि कुनै मानिसले पनि चन्द्रमा टेकेको छैन तर अहिले दुई शक्तिशाली राष्ट्रहरु र एलन मस्क चाँडै नै चन्द्रमा अवतरण गर्ने योजनामा दृढतापूर्वक लागिरहेका छन् । मस्क, चीन र नासाले यसअघि नै सकेसम्म छोटो समयमा चन्द्रमा पुग्ने वाचा गरेका हुन् । तर तिनीहरुले अगाडिका अन्तरिक्षयात्रीहरुले छाडेको फोहोर सफा गर्ने सम्बन्धी भने केही उल्लेख गरेका छैनन् । 

Global Ime bank

नासाले २०२४ भित्रमै पहिलो महिलालाई चन्द्रमा अवतरण गराउने घोषणा गरिसकेको छ । नासाले चन्द्रमाको दक्षिणतर्फ अवतरण गर्ने योजना सार्वजानिक गरेको हो जहाँ चीनको चाङ इ ५ ले पनि आगामी वर्ष चन्द्रमाबाट स्याम्पल संकलन गरेर पृथ्वी ल्याउनेछ । चिनियाँ वैज्ञानिकहरुले नासा र युरोपियन स्पेससँग रोबोटमा आधारित यान चन्द्रमाको विपरित पोलमा अवतरण गराउने योजना पेश गरिसकेका छन् । युरोपियन स्सपेस पनि आफ्नै चन्द्रमा मिसनमा निरन्तर लागिरहेको छ । यस्तोमा विश्लेषकहरुले चीन भन्दा पहिले नासाले चन्द्रमा अवतरण गर्ने अनुमान लगाएका छन् तर एलन मस्कले सबैलाई पछि पार्न सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । मेट्रोबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC