site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लगाउनैपर्ने कुरा हो त ‘सनग्लास’ ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । ‘सनग्लास’ लाई आँखाको ‘सनस्क्रिन’ पनि भन्ने गरिएको छ । तर पछिल्लो समय यो आवश्यकता नभएर फेशनका रुपमा मात्र लिइने प्रवृत्ति बढेको छ ।  

यसबारेमा ‘अमेरिकन एकेडेमी अफ अप्थेल्मोलोजी’ की क्लिनिकल प्रवक्ता डाक्टर डिएना सेल्डमोरिजले छाला जसरी नै आँखालाई पनि सूर्यका किरणबाट सुरक्षा चाहिने र कतिपय अवस्थामा त घाम नभएका बेला  बादल लाग्दासमेत अनिवार्य रुपमा ‘सनग्लास’ लगाउन सुझाव दिएकी हुन् । चर्को घाम नलाग्दा समेत सूर्यका हानिकारक किरण वातावरणमा रहिरहने हुनाले नै चस्मा सधैँ जरुरी भएको उनको भनाइ छ । 

Agni Group

तर सनग्लासका पनि विभिन्न प्रकार हुन्छन् र सबैले हामीलाई हानिकारक किरणहरुबाट जोगाउन सक्दैनन् । त्यसकारण हामीले सूर्यको युभीए र युभीबी विकिरणलाई ९९ देखि १०० प्रतिशतले रोक्न सक्ने ग्लासको छनौट गर्नुपर्ने उनी बताउँछिन् । 

‘अमेरिकन अप्टोमेट्रिक असोसिएसन’ ले पनि दिउँसोको समयमा सनग्लास लगाउनुका अन्य थुप्रै फाइदाहरु उल्लेख गरेको छ । पहिले त यसले दिउँसोको कडा प्रकाशलाई सन्तुलनमा ल्याइ हाम्रो आँखालाई बाहिर हेर्न सहज बनाइदिन्छ । स्पष्टसँग देख्नका लागि हाम्रो आँखाले जोड लगाइरहनु नपर्ने हुँदा  यसलाई स्वस्थकर पनि भन्न सकिन्छ । त्यस्तै सोलार स्पेक्ट्रमबाट आउने ब्लु लाइटबाट पनि यसले हाम्रो आँखालाई बचाउँछ । अन्त्यमा चस्माले हामीलाई फेशनेबल र राम्रो देखाउँछ जसकारण पनि यो सबैको रोजाइमा हुनुपर्छ ।  

Global Ime bank

त्यसैले प्रत्येकसँग एउटा भएपनि ‘सनग्लास’ हुनैपर्ने आँखा विश्लेषकहरु बताउँछन् । तर जति कालो चस्मा त्यति धेरै घाम छेक्छ भन्नु चाहिँ गलत हुने बताइएको छ । 

त्यस्तै यसमा मूल्यमा पनि निर्भर रहन जरुरी नभएको डाक्टर डिएनाको भनाइ छ । कम मूल्यका तर १०० प्रतिशत ‘युभी ब्लकिङ’ भएका सनग्लासेस पनि उत्तिकै प्रभावकारी हुने उनले बताइन् । त्यस्तै ठूला मान्छेलाई मात्र नभएर बालबालिकाको आँखालाई पनि हानिकारक किरणहरुबाट जोगाउनुपर्छ । 

त्यसैले सानै उमेरदेखि उनीहरुलाई यसको बानी पार्दा राम्रो हुने उनको सुझाव छ । यसा आँखालाई जति धेरै ढाक्ने ग्लास भयो त्यति नै राम्रो हुने बताइएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC