site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग । त्यसैले सुरक्षाकर्मीको व्यवहार पर्यटनमैत्री हुनुपर्छ । 

अतिथि देवोः भवः भने झै आगन्तुकहरुलाई राम्रो स्वागत सत्कार तथा उचित सम्मानको वातावरण भयो भने पर्यटकहरु दोहोर्‍याएर नेपाल भ्रमण गर्न आउँछन् । अझ आफ्नै भाषामा कुरा गर्न पायो भने पर्यटकहरु झन् खुशी हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाईसमेत लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई चिनियाँ तथा फ्रेन्च भाषा सिकाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नका लागि आगन्तुकले बोलेका कुरा बुझेर सेवा प्रदान गर्न तथा नेपाल सरकारको पर्यटक भित्र्याउने योजना सफल बनाउन प्रशिक्षण दिइएको बताए । 

आज समापन गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले प्रहरी कर्मचारीलाई तालीममा सिकेका सीपलाई व्यवहारमा लागू गरी यात्रुमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै तालीमले व्यवसायिक तथा व्यक्तिगत जीवनमासमेत सहयोग पुग्ने विचार व्यक्त गरे । उनले सेवाग्राहीलाई सन्तुष्ट पार्न, उनीहरुको अपेक्षा र नेपाल प्रहरीको दृष्टिकोण र उद्देश्यअनुसार सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे । भाषाको ज्ञान हुँदा यात्रुलाई परेका समस्या सजिलै समाधान गरी व्यवहार परिवर्तन गर्न सहयोग हुन्छ ।

Global Ime bank

प्रशिक्षणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, ट्राफिक प्रहरी, पर्यटक प्रहरीको सहभागिता रहेको थियो । यसअघि पनि अङ्ग्रेजी भाषा, आचरण र व्यवहार, सकारात्मक सोचको विकास, शिष्ट व्यवहार विषयमा समेत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । - रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC