site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असारमा १२१ महिला हिंसाका घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकभर असारमा १२१ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज असारको मासिक प्रतिवेदन सार्वजनिक गर्दै यस अवधिमा ५७  घरेलु हिंसा, २७ बलात्कार र १४ सामाजिक हिंसाका घटना भएको जनाएको छ । 

त्यस्तै १० हत्या, छ यौनदुर्व्यवहार, तीन बलात्कारको प्रयास, दुई मानव बेचविखन, एक लैङ्गिक विभेदका कारणले आत्महत्याको प्रयास र एक अनलाइनमार्फत हिंसा भएको तथ्यांक संकलन गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उमेरका आधारमा हेर्दा सबैभन्दा धेरै ३७ जना १७ देखि २५ वर्ष उमेर समूहका, ३२ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २९ जना १६ वर्षभन्दा कम उमेरका र  १० जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिला हिंसाबाट प्रभावित रहेका देखिएका छन् । 

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ४८ हिंसा श्रीमान्बाट भएका, २१ छिमेकीबाट र १९ परिवारका सदस्यबाट भएका पाइएको आरेकले जनाएको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC