site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले लोकसेवाको अपमान गर्‍यो : नेता महर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम नेविसघंका निवर्तमान अध्यक्ष नैन सिहं महरले सरकारले लोकसेवा आयोगको अपमान गरेको बताएका छन् । 

उनले सरकारले आयोगमा आफ्ना कार्यक्रता भर्ती  गर्न करारमा राजपत्रांकित कर्मचारी भर्ना गर्ने निर्णय गरेर लोकसेवा आयोगको अस्थित्वमाथि प्रश्न चिन्ह खडा गरेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले दुई तिहाईको दम्भ देखाउँदै हरेक क्षेत्रमा हस्तक्षेप गरेर आफूलाई राजा र राणाभन्दा पनि शोषक कम्युनिस्ट शासन हुन्छ भनेर प्रमाणित गरी सकेको र यो सरकारको पतनका दिन पनि नजीक आएको नेता महरले बताए । 

उनले भने, "नेपालको सबैभन्दा स्वतन्त्र र सम्मानित संवैधानिक निकाए लोकसेवा आयोगमार्फत कर्मचारी भर्ती नगरेर आफ्ना भाई भतीजा र कार्यक्रताहरु भर्ती गर्न कारारको व्यवस्था गरेको र मेहनती जेहेन्दार र लोकसेवामा आफ्नो भविष्य देखेका युवाहरुलाई विदेश जान बाध्य पारेर नेपाललाई अन्धकारतिर धकेल्न लागेको छ । "

Global Ime bank

दक्ष जनशक्ति विदेश पलायन गराएर भ्रष्टाचारको भूमरीमा पारेर देशलाई खोक्रो बनाउन लागेको आरोप नेता महरले लगाए । उनका अनुसार  खानेपानी मन्त्रालय २१३ जना, वन तथा वातावरण मन्त्रालय ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ७२६ जना गरी जम्मा ९८९ लाई अस्थायी दरबन्दीका लागि स्वीकृत गरिएको विषय नेविसघं र नेपाली कांग्रेसले नमान्ने र यो निर्णयलाई तुरुन्त फिर्ता लिन नेता महरले  सरकारलाई आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC