site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपनिर्वाचनबारे दलहरुसँग छलफल गर्दै आयोग, यी स्थान छन् रिक्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको छ । आयोगको कार्यालय कान्तिपथमा अहिले विभिनन दलका नेताहरु र आयोगबीच छलफल भइरहेको छ । 

आयोग स्रोतका अनुसार राजनीतिक दलहरुसँग निर्वाचनका मिति र आयोगले गरिरहेको तयारीका बारेमा छलफल हुनेछ । ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने छ । कात्तिक मसान्तभित्र रिक्त रहेका प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचन गरिसक्ने आयोगको तयारी छ । निर्वाचन गराउने तयारीकै क्रममा दलहरुसँग पनि आयोगले छलफल थालेको हो । 

कहाँ कहाँ छ रिक्त ? 

Agni Group

०७४ मा सम्पन्न ३ तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख,  ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भइसकेको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित, १ जनाको राजीनामा र  २  स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले रिक्त रहेका ती स्थानमा कात्तिकभित्रै उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी गरिरहेको बताए । “कात्तिकभित्र उपनिर्वाचन सम्पन्न गरिसक्ने गरी आयोगले तयारी थालेको छ,” प्रवक्ता खरेलले भने, “निर्वाचनको मिति तोक्ने बारेमा गृहकार्य भइरहेको छ ।” स्थानीय तह निर्वाचनको मिति आयोगसँग समन्वय गरी सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति आयोगले सरकारसँग समन्वय गरी तोक्ने कानुनी व्यवस्था छ । 

Global Ime bank

जसमा प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ । 

कहाँ कहाँ हुनेछ उपनिर्वाचन ?

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख,  ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अरु वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ ।  पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरामा हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । अधिकारीको निधनसँगै सो क्षेत्र रिक्त छ । त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि स्थान रिक्त छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख) का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार अलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।  

त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष  खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । 

त्यस्तै, संखुवासभा खाँदवारी नगरपालिका ३ नम्बर वडा अध्यक्ष तोयानाथ ढुंगाना चेलबेटी बेचविखनको मुद्धामा जेल परेका थिए । उनको  सोही क्रममा ०७४ फागुनमा मृत्यु भएको थियो । महोत्तरी मटिहानी नगरपालिका वडा ६ का अध्यक्ष संजयकुमार मण्डले ०७४ माघमा राजीनामा दिएका थिए । ६ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण ती वडा रिक्त छन् । 

यस्तो छ आयोगको तयारी 

आयोगले कात्तिक मसान्तभित्र उपनिर्वाचन गराउने गरी तयारी गरिरहेको छ । उपनिर्वाचनका लागि आवश्यक सामग्रीको तथ्यांक संकलन, बजेटको आकलन  र कार्यविधिको विषयमा आयोगले आन्तरिक गृहकार्य गरिरहेको सहसचिव खरेलले बताए । आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली संकलनको काम पनि अघि बढाएको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा मिति तोकिएपछि सो क्षेत्रको नामावली संकलन र अद्यावधिक हुनेछैन । आयोगले त्यसअघि नै छुट भएकाहरुको नामावली संकलन गर्नेगरी काम गरिरहेको उनले जानकारी दिए । नामावली अद्यावधिक र संशोधन गर्नुपर्ने भए मिति तोक्नुअघि ने दर्ता गरिसक्न पनि आग्रह गरेको छ । उपनिर्वाचन हुने आफ्नो जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय र केही स्थानमा इलाका तहमा नामावली दर्ताको काम भइरहेको छ । 

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ? यस्तो छ आयोगको तयारी 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC