site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निदाएको समयमा चित्रकला कोर्ने व्यक्ति !
Sarbottam CementSarbottam Cement

धेरै मानिसको बानी हुन्छ, निद्रामा हिँड्ने वा निद्रामै बोल्ने । तर एकजना यस्ता पनि छन् जो निद्रामा कलात्मक तस्बिर बनाउँछन् । उनको नाम हो ली हैडविन । उनी बेलायतस्थित कार्डिफ सहरमा बस्छन् । ली हैडविन जम्मा चार वर्षका थिए, त्यसै बेलादेखि उनले घरको भित्तामा चित्र कोर्न सुरु गरेका थिए ।

तपार्इं भन्नु होला, कुन बच्चाले यो उमेरमा घरको भित्तामा चित्र बनाउँदैन ? तर बाँकी बच्चा र लीमा फरक छ । त्यो फरक हो, ली निदाएको बेलामा ‘ड्रइङ’ गर्थे । जसैजसै उनी ठूलो हुँदै गए, निदाएरै चित्र बनाउने उनको कलात्मक क्षमतामा पनि सुधार हुँदै गयो । 

जब उनी १५ वर्षका थिए, हैडविनले हलिउड अभिनेत्री मर्लिन मुनरोका तीनवटा ‘पोट्रेट’ बनाएका थिए । तर आज उनलाई त्यसका बारेमा अलिकति पनि सम्झना छैन । आश्चर्यको कुरो त के भने, निदाएका बखत राम्रो चित्र बनाउने ली ननिदाएको बेला चित्र बनाउन सक्दैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

निद्रामा चित्रकला कसरी ?

लीको यस अचम्म पार्ने कलाका विषयमा कार्डिफ विश्वविद्यालयकी पेनी लुइसले अनुसन्धान गरेकी छन् । उनको भनाई छ, “निदाएका बेला चित्र बनाउनु, उनको आधा सुतेको र आधा जागेको मस्तिष्ककै कारण हो ।”

Global Ime bank

पेनी लुइसका अनुसार, मानिस निद्रामा कोल्टे फर्किन्छन् । बोल्छन् या हिँड्छन् । यो सबै हाम्रो दिमागमा भएको उथलपुथलकै परिणाम हो । यो सामान्य घटना हो । तर, ली हैडविनको सन्दर्भ योभन्दा पनि अगाडि बढको देखिन्छ । उनी पेन्सिल, ब्रस, यहाँसम्म कि हड्डीबाट पनि चित्र बनाउँछन् । यो सामान्य हुन्थ्यो होला, उनले ब्युँझिएको समयमा यस्तो कलाकारिता गर्ने थिए !

पेनी लुइस भन्छिन्, “लीको दिमागको बनावट र काम गर्ने तरिका, दुबै नै एकदम पेँचिलो छ ।”उनी यसबारेमा बुझ्ने प्रयास गरिरहेकी छन् । उनी भन्छिन्, “जब हामी सुतेका हुन्छौँ, त्यसबखत हाम्रो मस्तिष्क पनि सुतेको हुन्छ भनेर हामी मानिरहेका हुन्छौँ । तर हाम्रो मस्तिष्कको एउटा हिस्सा त्यसबेला पनि सक्रिय हुन्छ ।”

त्यो सक्रिय मस्तिष्कले ब्युँझिएका बेला गरिएको कामको अभ्यास गरिरहेको हुन्छ । नयाँ कुरा र कला सिक्दछ । सम्झना पनि गरिरहेको हुन्छ । हाम्रो मस्तिष्कसँग यति काम हुन्छ कि उसलाई सुत्ने फूर्सद पनि हुँदैन ।

मस्तिष्कमा प्रदर्शनी 

ली हैडविन यसलाई संयोग मान्दछन । उनका अनुसार निदाएको समयमा उनको दिमागमा कुनै कला प्रदर्शनीको विचार आउँछ । जसको अलग–अलग भाग हुन्छ । प्रायः उनी यिनै भागहरूका हिसाब अनुसार चित्रकला कोर्छन् । 

पेनी लुइस भन्छिन्– निदाएका बेला हाम्रो मस्तिष्कको तर्क गर्ने हिस्सा निदाउँछ । तर दिमागको त्यो हिस्सा, जसले भाव महसुस गर्दछ र त्यसलाई नियन्त्रित गर्दछ– त्यो ब्युँझिएको हुन्छ । यसलाई लिम्बिक ब्रेन भनिन्छ, जुन निदाएको बेलामा पनि ब्युँझिएको हुन्छ ।

पेनी लुइसका अनुसार, ली हैडविनको दिमागमा जे भइरहेको हामी देखिरहेका छौँ, त्यसको सम्बन्ध मानिसको प्राकृतिक विकासको प्रकृयासँग जोडिएको छ । आदि मानव जतिखेर जंगलमा थिए, त्यसबेला सुतेको बेलामा पनि तीनीहरूले चनाखो भएर बस्नु पर्दथ्यो । यसकारण कि कुनै खतरा नआओस् । आए पनि त्यसबाट तत्काल बच्ने उपाय निकाल्न सकियोस् । ली हैडविन आफ्नो यस बानीका कारण बेलाबेलामा दिक्दार पनि हुन्छन् । रातको समयमा अचानक ब्युँझिदा पसिना–पसिना हुन्छन् । डराउँछन् पनि । 

पेनी लुइस भन्छिन्, निदाएका मानिस हत्या, बलात्कार अनि चोरीजस्तो कुकृत्य पनि गर्छन् । तर हैडविन निदाएको बेलामा चित्र बनाउँछन् । यो त राम्रो कुरा हो कि आफ्नो मस्तिष्कको उलटफेरका कारण उनी अपराधको बाटोमा लागेनन् । उनले कलाको प्रदर्शनी सुरु गरे ।

पेनीको भनाई अनुसार ननिदाएको समयमा ली हैडविनलाई आफ्नो कलाकारिताको क्षमताका बारेमा सम्झना रहँदैन । यसै कारण पनि उनी आफ्नो दिमागको यो कला क्षमतालाई मान्न तयार छैनन् । यदि यो मस्तिष्कको बाधा हट्ने हो भने सायद उनले ननिदाएरै राम्रा–राम्रा चित्र बनाउन सक्नेछन् । 
(बीबीसी) 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC