सुष्माको निधनबाट स्तब्धः प्रधानमन्त्री

सुष्माको निधनबाट स्तब्धः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका बरिष्ठ राजनीतिक नेता तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् ।  उनले आज बिहान ट्विट गर्दै भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । सुष्माले आफूलाई ‘ब्रदर’ भन्ने गरेको समेत प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्विट मार्फत प्रतिबद्धता, दृष्टिकोण र आध्यात्मिकता भएको नेताको निधनप्रति भारत सरकार, जनता र परिवारका सदस्यप्रति समवेदना ज्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस
ad