site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्वाटर नपाएपछि ‘डेरा’ खोज्दै मन्त्री योगेश 
Ghorahi CementGhorahi Cement

काठमाडौं । क्वाटर नपाएपछि नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाडाको घर खोजिरहेका छन् । पुलचोकस्थित मन्त्री निवासमा क्वाटर नभएपछि अन्यत्र ठाउँ खोजेको र त्यहाँ पनि फेला नपरेको उनको सचिवालयले जानकारी दिएको हो । अहिले मन्त्री भट्टराई बबरमहलस्थित एकतले (सातवटा कोठा भएको) भाडाको घरमा बसिरहेको र भेटघाटका लागि ठाउँ अभाव भएको सचिवालयले बताएको हो ।

“मन्त्री भट्टराई भाडाको घरमा बस्दै आउनुभएको छ । भेटघाट र सुरक्षाकर्मीका लागि ठाउँ अभाव भएको छ । देशभरिबाट कार्यकर्ता भेटघाटका लागि आउनेहुँदा समस्या भयो । अन्यत्र घर खोजीरहेका छौँ,” मन्त्री भट्टराईको सचिवालयले जानकारी दियो । मन्त्रालयको काममा बाधा नपरोस् र आवतजावत पनि सहज होस् भनेर बबहरमहल आसपासमै क्वाटर खोजेको सचिवालयको भनाइ छ ।

Agni Group

पुलचोकस्थित मन्त्री निवासमा क्वाटर खाली नभएपछि सञ्चारमन्त्री गोकुल बास्कोटा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको बालकोटमा रहेको घरमा बस्दै आएका छन् । मन्त्री भट्टराईले पनि अन्तै डेरा खोज्नुपरेको हो । पुल्चोकस्थित मन्त्री निवास सहरी विकास तगा भवन निर्माण विभागले हेर्दै आएको छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार मन्त्री क्वाटरमा १९ वटा घर चालु हालतमा छन् ।

मन्त्रीको संख्या २४ जना रहेकाले बाँकी मन्त्रीहरू बाहिरै क्वाटर खोजेर बसेका छन् । “पहिले ४०–५० जना मन्त्री हुँदा त झनै ठूलो समस्या थियो । अहिले मन्त्रीको संख्या कटौती हुँदा पनि समस्या हटेको छैन,” उनले भने । १९ भवनमध्ये १४ वटा २०२८ सालमा निर्माण भएको थियो भने बाँकी पाँचवटा भवन २०४८ सालमा निर्माण भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC