site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपालमा भीएफएक्स गर्नेले सयपटक सोच्नु होला’
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउड तथा हलिउड चलचित्रहरुमा भीएफएक्सको अत्यधीक प्रयोग देखिन्छ । हलिउडका एक्सन, थ्रिलर, हरर चलचित्रहरुमा भीएफएक्सको प्रयोग लगभग ५० प्रतिशत भन्दा माथि हुन्छ । तर, नेपाली चलचित्रमा भने खासै यसको प्रयोग भएको देखिँदैन । चलचित्र ‘डाइङ क्यान्डल’ लगायत एकाध चलचित्रमा मात्रै यसको प्रयोग गरेको देखिन्छ । 

हालै बनेको चलचित्र ‘जाइरा’मा भने लगभग १० देखि १५ प्रतिशत भीएफएक्सको प्रयोग गरिएको चलचित्रका निर्देशक आशुतोष श्रेष्ठले बताएका छन् । उनले नेपालमा राम्रो भीएफएक्स र एनिमेशन गर्ने दक्ष जनशक्ति भएपनि नेपाली चलचित्रको बजेट पर्याप्त नभएको बताए । 

Agni Group

“उहाँहरुले एकदमै महगो पारिश्रमिकको माग गर्नुहुन्छ जुन पैसामा हाम्रो दुईवटा नेपाली चलचित्र बन्छ  होला,” जाइराको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक श्रेष्ठले भने । 

उनले नेपाली चलचित्रमा भीएफएक्सको प्रयोग गर्ने हो भने निर्माण टिमलाई सय पटक सोच्न सुझाव दिए । चलचित्र रिलिजमा ढिलाई हुने मुख्य कारण भीएफएक्स भएको उनको भनाइ छ । 

Global Ime bank

आशुतोष श्रेष्ठले चलचित्र ‘जाइरा’मार्फत निर्देशकको रुपमा डेब्यू गर्दैछन् ।

‘जाइरा’मा उनले निर्देशनसँगै कथा पनि लेखेका छन् । ‘जाइरा’मा नम्रता श्रेष्ठ पहिलोपटक मिक्स मार्सल आर्ट खेलाडीको रुपमा आउँदै छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC