site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अकासियो सुनको मूल्य, व्यवसायी भन्छन्–हाम्रो हात छैन अन्तर्राष्ट्रिय प्रभाव हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बहुमुल्य पहेँलो धातु सुनको मूल्य दैनिक बढ्दै गइरहेको छ । आखिर किन ? नेपालमा पछिल्ला तीन दिनअघि सुनको भाउ प्रतितोला ६८ हजार रुपैयाँ थियो भने बुधबार ६९ हजार ५०० भयो  । बिहीबार ७० हजार पुगेको थियो । कारण के हो त ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बाह्रखरीसँगको कुराकानीमा भने,“यसको बृद्धिमा हाम्रो कुनै हात हुँदैन । यो सबै विदेशमा भइरहेका गतिविधिको कारणले हुने हो ।”

निश्चयपनि अन्तर्राष्ट्रिय असर नै नेपालमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको अवस्थामा यहाँ पनि बढ्ने विश्वकर्मा बताउँछन् ।  सुन ल्याउँदा कति कर लिइएको छ, राष्ट्र बैंकले के कस्तो नियम ल्याएको छ सोही आधारमा नै मूल्य तोकेर नेपालमा सुन व्यवसायीले कारोबार गर्ने गरेका छन् ।  अमेरिका र चीनबीचको व्यापारिक विवाद मात्रै होइन कि इरान र अमेरिकाबीचको विवाद र अहिले पछिल्लो समयमा भारतको काश्मीरमा भएको घटनासम्मले यसमा प्रभाव पारेको विश्वकर्मा बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको भनाइ थियो, “यसको मूल्य सेयर बजारको जस्तै उतारचढाव हुने हो । त्यहीअनुसार नै यसको मूल्य बढेको हो ।” 

उनले अझै पनि सुनको भाउ बढ्न सक्ने समेत बताए । चीन विश्वकै सबैभन्दा बढी सुन उत्पादक राष्ट्र मानिने गरेकोे छ । सोही राष्ट्रको अहिले अमेरिकासँग व्यापारिक तनावको अवस्था हुँदा त्यसको असर सुनमा पर्नु अस्वाभाविक नरहेको सम्बद्ध जानकारहरुको तर्क रहेको छ ।

Global Ime bank

उनीहरुका अनुसार अन्य व्यापारको क्षेत्रमा भन्दापनि सुनमा लगानी गर्न खोजिएका कारण पनि यसरी मूल्य बृद्धि हुन लागेको हो । अमेरिकाले हालै मात्रै चीनलाई आउँदो सेप्टेम्बर महिनादेखि सामानमा कर बढाउने घोषणा गरिसकेको छ । यसको असर सुनमा अहिले नै देखिइसकोको छ भने अझै देखिन समेत सक्नेछ ।
अन्तर्राष्ट्रिय मिडियामा आएको एक तथ्यांकअनुसार अहिले विश्वका मानिस मध्ये ५० प्रतिशतले सुनलाई गहनाको रुपमा प्रयोग गरिरहेका छन् । ४० प्रतिशतले लगानीका लागि यसको प्रयोग गरेका छन् भन् १० प्रतिशतले उद्योगका रुपमा यसको प्रयोग गरिरहेका छन् । 

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC