२०७६, श्रावण २५ गते शनिबार
मेष : दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
वृष : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । पारवहन सम्बन्धी काममा फाइदा मिल्नेछ ।
मिथुन : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । मुख्य काममा गति थपिनेछ । सौहाद्र्रपूर्ण व्यवहारले प्रभावित पार्नेछ ।
कर्कट : दिन राम्रो रहनेछ । मानसिक सन्तुष्टि मिल्नेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ प्रतिस्पर्धामा काम बन्नेछ ।
सिंह : दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । मन डराउन सक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
कन्या : दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
तुला : दिन सार्थक नै रहनेछ । आम्दानी बढ्नेछ । बोलीवचनमा प्रभाव पर्नेछ । खानपानका विशेष परिकार प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ ।
वृश्चिक : दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइमा ध्यान जानेछ । महत्वपूर्ण काम गरिनेछ ।
धनु : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।
मकर : दिन अनुकूल रहनेछ । आय आर्जन बढ्नेछ । आटे ताकेको काम बन्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।
कुम्भ : दिन उत्कृष्ट रहनेछ । आटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान पाइनेछ । जागिरको अवससर आउनसक्छ ।
मीन : दिन सार्थक खालको रहनेछ । धर्मकर्म गरिनेछ । मनमा सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ ।