site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युट्युबमा बलिउड म्युजिक च्यानलको एक्लो राज !
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्ट र गायक एड शेरिन दुवैका युट्युब च्यानल अहिलेसम्म १५ अर्ब पटक हेरिएको छ भने जस्टिन बिबरको च्यानलको भ्यु चाहिँ १८ अर्ब रहेको छ । तर विश्वका शिर्ष कलाकार भएपनि बलिउड म्युजिक लेबल ‘टि–सिरिज’ सँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने भएको देखिएको छ । 

यसरी अमेरिकामा धेरैलाई थाहा नभएपनि भारतीय म्युजिक लेभल तथा फिल्म निर्माण कम्पनी टि–सिरिजको युट्युब च्यानल विश्वमै सबैभन्दा धेरै हेरिएको च्यानल बनेको छ । टि–सिरिजका भिडियो अहिलेसम्म ५३ अर्ब पटक हेरिएको छ भने च्यानलमा दैनिक १ लाख सस्क्राइबर थपिने गरेका छन् । यस्तोमा अब केही समयमै टि–सिरिज सबैभन्दा बढी सस्क्राइब गरिएको च्यानल बन्ने भएको संचार एजेन्सी न्युयोर्क टाइम्सले जनाएको छ । 

Agni Group

भारतमा इन्टरनेटको पहुँच बढेसँगै अहिले बलिउड गीतले अन्तराष्ट्रिय प्लेटफर्म युट्युबमा एक्लै राज गरिरहेको बताइएको छ । १९८० मा गुल्सन कुमारले स्थापना गरेको यो कम्पनीले सन् २०१० को अन्त्यतिर मात्र युट्युब च्यानल खोलेको हो । तर त्यसबेला भारतमा इन्टरनेटको चलन नभएको हुँदा टि–सिरिजले कम दर्शक पाइरहेको थियो । यस्तोमा २०१६ मा रिलायन्स कम्पनीले फोरजी नेटवर्क लन्च गरेपछि अचानक भारतमा स्मार्टफोन र अनलाइनको प्रवृत्ति बढ्न पुग्यो । जसपछि बिजुली नभएका विकट ठाउँमा समेत इन्टरनेट सुविधा उपलब्ध हुँदा टि–सिरिजको लोकप्रियता आकाशिन थालेको हो । अहिले भने अधिकांश भारतीयहरु भिडियो मार्फत नै इन्टरनेटमा सक्रिय भइरहेको बताइएको छ । 

अशिक्षित भएपनि मानिसले भिडियो हेरेर मनोरञ्जन लिन सक्ने हुँदा युट्युबको प्रयोग बढ्दै गएको हो । अहिले टि–सिरिजका ७ करोड सस्क्राइबर छन् । अघिल्लो महिना मात्र गायक गुरु रान्धवाको गीत ‘लाहोर’को भ्युअर ६१ करोड ५० लाख पुगेपछि यसलाई टिसिरिजको सबैभन्दा ठूलो हिट बताइएको छ । बलिउड बाहेक टि–सिरिजका अन्य २८ च्यानल पनि छन् जसमा भजन देखि लिएर विभिन्न भाषाका भिडियोहरु उपलब्ध छन् ।

Global Ime bank

विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको भारतमा कूल ३४ प्रतिशत जनता अनलाइन छन् भने यता अमेरिकामा ८९ प्रतिशत इन्टरनेट प्रयोगकर्ता रहेका छन् तरपनि पछिल्लो समय बलिउडले नै युट्युबमा कब्जा जमाएर सबैलाई अचम्मित पारेको हो । यस्तोमा अहिले कम्पनीले दक्षिण कोरियाको चर्चित ब्यान्ड बिटिएस जसरी नै अन्तराष्ट्रिय स्तरको भिडियो बनाउने प्रयासमा जुटिरहेको बताइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC