site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साइबर हमलामा नेपाली बैंक कति सुरक्षित ? प्रहरी भन्छ- अलर्ट छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियामा बैंकको ‘सर्भर’ ह्याक गरेर पैसा ट्रान्सफर गरिएको चर्चासँगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाले साइबर हमला गर्दै विभिन्न मुलुकका बैंकहरुबाट दुई अर्ब डलर चोरेको आरोप लागेपछि नेपालमा पनि त्यसबारे सतर्कता अपनाइएको हो ।

नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रहरीले समेत आफ्नो बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन आग्रह गरिसकेको छ । प्रहरी अधिकारीका अनुसार नेपालमा सन् २०१७ मा एक बैंकबाट ह्याक गरेर ४० करोड बढी रकम चोरी भएको थियो । चोरी भएको रकममध्ये धेरैजसो रकम फिर्तासमेत ल्याइएको थियो । सन् २०१७ यता नेपाली बैंकमा साइबर हमला भएको छैन ।

तर, प्रहरी अधिकारीका अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरु साइबर हमलाको उच्च जोखिममा छन् । विश्वका विभिन्न देशमा भएका साइबर हमलामा उत्तर कोरियाली तथा नाइजेरियन मूलका नागरिकको संलग्नता बढी पाइएको प्रहरी अधिकारी बताउँछन् । उत्तर कोरियाली समूहले नेपालमा पनि जुनसुकै बेला आक्रमण गर्नसक्ने खतरा सुरक्षा अधिकारी औल्याउँछन् । उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर गरेर डलर जम्मा गर्न थालेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियालाई डलरको अभाव भएपछि उसले योजनाअनुसार नै तालिमप्राप्त ह्याकरलाई विभिन्न देशमा पठाउँदै आएको बताइएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी विकास श्रेष्ठ बैंक लगायत वित्तीय संस्थाहरुलाई साइबर हमलाबाट सुरक्षित रहन आग्रह गरेको बताउँछन् । श्रेष्ठले भने, ‘‘जनचेतना जगाउने र सचेत गराउने हाम्रो पाटो हो । कसैको सर्भर हामीले हेर्ने कुरा भएन । त्यसका लागि उनीहरुले नै दक्ष र विश्वासिलो जनशक्तिको व्यवस्थापन गर्नुपर्छ । सुरक्षित प्रविधि र सेक्युरिटी सिस्टम पनि बलियो बनाउन जरुरी छ ।’’

Global Ime bank

नेपालमा उत्तर कोरियाली ह्याकरको समूह सक्रिय रहेको सुरक्षा अधिकारी बताउँछन् । नेपालमा भिजिट भिसामा प्रवेश गर्ने उत्तर कोरियाली नागरिकले राजधानीकै विभिन्न स्थानमा डेरा गरेर बस्ने र लामो समयसम्म शंकास्पद गतिविधि गर्ने गरेको पाइएको प्रहरीका एक अधिकारीले बताए । नेपाल आएका उत्तर कोरियाली नागरिक चीनको बाटो हुँदै आफ्नो देश फर्किने गरेका छन् । उनीहरु के प्रयोजनले नेपाल आएका हुन्, त्यसको स्पष्ट विवरण नहुँदा समेत कठिनाइ भएको प्रहरी अधिकारीको भनाइ छ । 

साइबर सुरक्षाको हिसाबले नेपाल कमजोर मानिन्छ । जानकारहरुका अनुसार कमजोर प्रविधिमा कमजोर रहेको मुलुकमा साइबर आक्रमणको सम्भावना उच्च रहन्छ । यस्ता मुलुकमा भाइरस आक्रमण र सिस्टम ह्याकिङको सम्भावना उच्च रहन्छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल प्रहरीको साइबर ब्युरोले नेपालमा हुनसक्ने सबैखाले साइबर आक्रमणलाई नजिकबाट नियाल्ने र त्यसको नियन्त्रणबारे आवश्यक कदम चाल्ने बताउँछन् । पोखरेलले भने, ‘‘प्रहरीले आफ्नो स्तरबाट गर्ने सबै प्रकारका प्रयास गर्छ । तर यसबारेमा सबै सचेत हुन जरुरी छ । प्रविधिको प्रयोगसँगै त्यसलाई कसरी सुरक्षित र बलियो बनाउने भन्नेतर्फ पनि ध्यान दिन जरुरी हुन्छ ।’’ साइबर हमलाको घटना बढ्नुको मुख्य कारण कम्प्युटर प्रणालीलाई सुरक्षित बनाई उच्च सतर्कता अपनाउन नसक्नु नै भएको प्रहरी अधिकारीको बुझाइ छ ।

विदेशी नागरिकले नेपाली नागरिकको सहयोगमा साइबर आक्रमण गर्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । नक्कली एटीएम कार्ड बनाएर पैसा निकाल्ने, सामाजिक सञ्जाल (फेसबुक, इमो, भाइबर, ह्वाट्सएप) लगायतको प्रयोग गर्दै साइबर आक्रमणका गतिविधि नेपाललाई साइबर अपराधकोको नयाँ ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने खतरा बढेको बताइएको छ ।

नेपालमा हुनसक्ने सम्भावित साइबर आक्रमण रोक्न स्पष्ट प्रकारको सरकारी नीति तयार भएको देखिँदैन । यसप्रति सुरक्षा सतर्कता नअपनाउने हो भने ‘हमला’कै रुपमा अगाडि बढ्नसक्ने प्रहरी अधिकारीको बुझाइ छ । पछिल्लो समय विश्वका सयौं कम्पनी साइबर हमलाको शिकार भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC