site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जम्मु काश्मीरको निर्णय सोचविचार गरेरै लिइएको होः मोदी
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० सम्बन्धी  निर्णय अत्यन्तै सोच विचार गरेर गरिएको बताएका छन् । धारा ३७० निलम्बन गरेपछि पहिलो पटक एक अंग्रेजी अखबार ‘इकनोमिक टाइम्स’ लाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री मोदीले जम्मु काश्मीरका बारेमा महत्वपूर्ण कुराहरु बताएका छन् । 

उनले केन्द्र सरकारको निर्णयले घाटीका नागरिकलाई अत्यन्तै फाइदा हुने र  विकास तीव्र रुपले अगाडि बढ्ने दाबी गरे । मोदीले भनेका छन्, “मेरो अपिलपछि नयाँ काश्मीरमा देश ठूलाठूला उद्योगीहरुले घाटीमा लगानी गर्ने इच्छा देखाएका छन् । आजको समयमा ढोका बन्द गरेर आर्थिक सफलता हासिल गर्न सकिँदैन । खुला विचार र खुला अर्थव्यवस्थाले नै युवालाई प्रगति पथमा बढ्ने दिशानिर्देश गर्दछ ।”

Agni Group

जम्मु काश्मीरमा आगामी दिनमा पर्यटन, खेती, आईटी र हेल्थकेयर जस्ता क्षेत्रमा लगानीको अवसर बढ्ने उनको दाबी थियो । युवाका बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री मोदीले भनेका छन्, “लगानीले त्यहाँ राम्रो वर्कफोर्स पनि तयार हुन्छ । शिक्षाका क्षेत्रमा राम्रा संस्थानहरु जस्तै आईआईटी, आईआईएम, एम्सबाट उक्त क्षेत्रका युवाका लागि शैक्षिक अवसर बढ्ने मात्रै नभएर राम्रो वर्कफोर्स तयार हुन्छ ।” 

एबीपी न्यूज
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC