site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हामीले जति गर्न सक्थ्यौं, त्यो मौका पाइरहेका छैनौं
Sarbottam CementSarbottam Cement

२०६१ सालमा अर्जुन पोखरेलले एउटा गीत तयार पारे, ‘सानी मोरी मलाई मन पर्‍यो’ । यो लोकगीत थियो । त्यसपछि ‘दिलमाया’ चलचित्रका गीतबाट स्रोता तथा दर्शकमाझ आएका उनलाई चलचित्रकै गीतले चिनायो । अहिले चलचित्रका लागि रोमान्टिक गीत कम्पोजका लागि अर्जुन पोखरेल पहिलो रोजाइको नाम हो ।

‘बाटो मोडेर गयौ...’, ‘छुकछुके साथ टुट्छ कि नाता...’, ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे...’, तिम्रो माया भुलेर अरुसँग भुल्नु परे मेरो प्राणै जाओस..., ‘म त अलपत्र पर्छु तिमी नभएको बेला..., ‘तिमी रोएको पल...’ जस्ता दर्जनौं सुपर हिट गीतमा संगीत भरेका अर्जुनले अहिलेसम्म ५३ वटा चलचित्रका लागि डेढ सयभन्दा धेरै गीत तयार पारिसकेका छन् । उनले यति नै सख्यांमा एल्बमका गीतमा पनि काम गरिसकेका छन् । उनै संगीतकार अर्जुन पोखरेलसँग नेपाली गीतसंगीतसँगै पछिलो समय गीत चोरी हुन थालेको सन्दर्भमा नियतवश गीत चोरिन्छ अथवा संयोग मात्रै हो ? लगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 

आफ्नैभन्दा पनि चलचित्रका गीतमा बढी संगीत भरिरहनु भएको छ नि !

Prabhu Bank
Agni Group
NIC Asia

हामी संगीतकारहरु आफैँ लगानी गरेर कमैमात्रै गीत गाउँछौं । यद्यपि पछिल्लो समय दुईतीन वटा गीत म आफैँ गर्दैछु । चलचित्रमा गरे पनि आफ्नोमा गरे पनि हुन त आफ्नै हो । बाहिरको काम नआएको खण्डमा तपाईंले भनेजस्तो आफैँ लगानी गरेर काम गर्ने पनि हुन्छ । 

चलचित्रमा अरुले दिएको विषय र परिवेशभित्र बसेर काम गर्नुपर्छ, तर आफ्नै हिसाबले गीतसंगीत तयार पर्दा पूरै स्वतन्त्रता हुन्छ । स्वतन्त्र रुपमा गीतसंगीत तयार पर्दा अझ राम्रो सिर्जना हुन्छ होला हैन ?

Global Ime bank

चलचित्रमा स्वतन्त्रता छैन भन्दिन म, किनभने आफ्नै गीतमा संगीत गर्दा पनि गीतको शब्दले भन्ने कथा वरिपरि नै बस्नुपर्छ । स्टोरी बनाएरै गीत लेख्ने हो । यो गीतको शब्दभित्र बसेर केही नयाँ कम्पोज गर्छु भन्ने त हो । यद्यपि चलचित्रमा ठूलो समूहसँग बसेर काम गर्नुपर्छ त्यसमा केही झन्झटिलो हुन्छ । र समय पनि लाग्छ । 

अरुले दिएको सीमित परिधिभित्र बसेर काम गर्न कत्तिको कठिन हुन्छ ?

कथाको परिधि चलचित्रभित्र हुन्छ तर त्सले मलाई बाँधेर संकुचित बनाउँदैन । मैले भोगिरहेका कयौं कुराहरु नै त्यहाँ हुन्छन् । हाम्रोमा पूरै फरक धारको चलचित्र बनिरहेका छैनन् । पूरै फरक धारमा चलचित्र बनेका भए संगीतमा पनि फरक प्याट्रन आउन सक्छ । त्यस्तो अवस्थामा हामीले पनि गरिरहेकोभन्दा फरक संगीत गर्नुपर्ने हुन्छ । हाम्रो कमेडी र लभस्टोरी चलचित्र बनिरहेको छ । कमेडी चलचित्रमा लोक बेसको गीतसंगीतलाई प्राथमिकता दिइएको छ भने लभस्टोरीमा रोमान्टिक नम्बर राखिएको छ । मायाप्रेम उस्तै नै हो हिजो र आज माध्यममात्रै फरक हो । हिजो चिठीपत्र लेखिन्थ्यो होला आज मोबाइल र नेटबाट सञ्चार हुन्छ । तर, फिलिङ्स त उही हो । 

यसको अर्थ एकै प्रकारका चलचित्र र गीतको माग हुँदा तपाईंहरुलाई चलचित्रमा नयाँ काम देखाउने अवसर नमिलेको हो ?

पक्कै पनि हो । पूर्विय कला क्षेत्रमा गीतको महत्वपूर्ण भूमिका छ । नेपालभर वर्षमा भारतमा चलचित्रको कथाजस्तै गीतलाई पनि महत्व दिइन्छ । पाश्चात्य चलचित्रमा ब्याकग्राउन्ड म्युजिक मात्रै छ, तर कथा भन्न गीतको प्रयोग कम गरिन्छ । सायद त्यस्तो चलचित्रको लगानी नउठ्ने भएकाले पनि होला, यस्ता चलचित्र कम बनेका छन् ।
हाम्रोमा लोकगीत बनाउने भनिन्छ । जसले बनाए पनि लोकगीतमा भयङ्कर फरक केही पनि गर्न सकिँदैन । 

किन ?

हामी उस्तै परिवेशमा बाजा ढोलक, तबला, सनई, बासुरी र सारङ्गी हाल्छौं । चलचित्र निर्माताहरुको पनि त्यस्तै डिमान्ड हुन्छ । यी बाजा बजाउने बाद्यवादक संगीतकार फरक किन नहुन् प्रायः तिनै हुन्छन् । चलेका गायकगायिका लिइन्छ । उनीहरुको टोन उही हो । मेकरले हामीलाई कि लोक झर्रो चाहियो कि अलि मोडर्न चाहियो भन्नुहुन्छ । यी दुईटा विकल्पबाट टाढा नजाने बित्तिकै लोक गीत बन्ने भनेको ६–८ र २–४ मा बढी हो । त्यसैले भयङ्कर परिवर्तन चाहिँ केही हुँदैन ।

रोमान्टिक नम्बरमा पनि त्यस्तै छ । जहिलेबाट नेपाली चलचित्रमा रोमान्टिक गीत चल्न थाल्यो, संगीतकार फरक होला तर गीत करिबकरिब उस्तै छन् । संगीतकारको दोष पनि होइन किन भने मेकरले माग्छन् नै त्यस्तै । पियानो, गीतार बजाएको । रोमान्टिक भए अपर मुस्ताङ लगिन्छ लोक गीत भए मेलामा खिचिन्छ अनि कसरी आउँछ परिवर्तन ? 

त्यसो भए कस्तो अवस्थामा फरक गीत सिर्जना सम्भव छ ?

चाहे त्यो क्लासिक होस् या सेमिक्लासिक तर मेरो कथा बोल्नु प¥यो भनेको खण्डमा त्यहाँ नयाँ संगीत जन्मिन सक्छ । हुन त यही धार चल्ने हो तर हामीले जति गर्न सक्थ्यौं त्यो मौका पाइरहेका छैनौं । 

राम्रो काम त आफ्नै लगानीमा गर्दा पनि के होला र ? 

सकिन्छ । आफ्नै लगानीमा यस्ता सिर्जना बाहिर आउन सक्छन् । तर के छ भने स्टारडम भएका नायक नायिका र राम्रो ब्यानरका चलचित्रले त्यो गीत राख्यो भने चलचित्रलाई नै लोकप्रिय बनाउन सक्छ । यद्यपि आम रुपमा चल्ने गीत र गम्भीर गीतमा फरक हुन्छ । यस्ता गीत त्यति चाँडो हिट हुँदैनन् । जस्तै ‘मुनामदन’ जति हिट थियो ‘सकुन्तला’ महाकाव्य त्यति हिट थिएन । संगीतमा पनि त्यस्तै हो । सरल शब्द भएका लोकगीत जति हिट हुन्छन् हामीले अहिले कुरा गरेका गीत त्यति हिट हुँदैनन् । 

अर्को पक्ष हामी चलेका टप नायक नायिका लिन सक्दैनौं । प्रचारका लागि चलचित्रमा जस्तो हामीसँग पैसा पनि हुँदैन । तर, चलेका चलचित्रका ब्यानरले हिट गीत एउटा हालेर हामीले भने जस्ता गीत राख्ने हो भने त्यस्ता सिर्जना आउन सक्छन् । 

ऐतिहासिक, अब्सट्रयाक्ट चलचित्र बनेर तिनीहरुले सहजै लगानी उठाने अवस्था भएको भए नेपालमा पनि भने जस्तो संगीत सिर्जना हुनेथियो ।

भनिन्छ अब्बल सर्जकले आफ्नो सिर्जनामार्फत बजारलाई निर्देशित गर्न सक्छ, तर हाम्रोमा त बजारले सर्जकलाई निर्देश गरिरहेको छ । कस्तो विडम्बना हो यो ?

बजारले किन निर्देशन गर्दोरहेछ, हामी किन बजार निर्देशित हुँदारहेछौं र हाम्रो सिर्जना किन मर्दोरहेछ भने एल्बममा गरेका गीत जतिसामु पुगेका छन् त्यसलाई धेरैले राम्रो भन्नुभएको छ । तर, त्यस्ता सिर्जनालाई हामीले आर्थिक अभावका कारण आम समाजमा पुर्‍याउन सकिरहेका छैनौं । एउटा गीत रेकर्ड गरेर भिडियो बनार बजारमा पुर्‍याउन पाँच लाख चाहिन्छ । तर, त्यसको रिटर्न कति हुन्छ लगानी गर्नेले सोच्छ । अहिले बजारमा पूरै गीत चलेको छैन । सर्ट क्लिप्स चलेको छ । गीत टिकटकमा हिट भइरहेको छ । स्थायी र अन्तरा पूरै सुनेपछि आनन्द आउने गीत बजारमा भाइरल हुँदैन । पहिला म आफू टिक्नु पर्‍यो । टिक्नका लागि कुनै न कुनै रुपमा म पनि बजार निर्देशित हुनुपर्छ, चाहेर पनि नचाहेर पनि । 

भारतीय चलचित्रले गर्दा संगीतकारहरुलाई अलि सहज छ हैन ?

भारतमा चलचित्रको पाश्र्व संगीतले नै पूरै देशको संगीत मार्गनिर्देश गर्छ । हाम्रोमा लोक गीत हिट भए जस्तो त्यहाँ हुँदैन । चलचित्रकै गीतको दबदबा छ । केही पञ्जावी गीतको भ्युज सलमानका गीतकाभन्दा धेरै छन् तर त्यो अपवाद मात्रै हो । चलचित्रको गीतले नै भारतको संगीत निर्देश गरिरहेको अवस्था छ । 

हामीलाई पनि राम्रो ब्यानरको चलचित्रको गीतमा गाउन तथा संगीत गर्न पाइयो भने प्रचारप्रसारको समस्या हुँदैन भन्ने लोभ चाहिँ हुन्छ । नेपालमा पनि नारायण गोपाल, बच्चु कैलाश, पत्तेमान, गोपाल योञ्जनको पालामा जुन बेला रेडियो नेपाल मात्रै थियो रेकर्डिङ गर्न र बजाउन त्यो बेला आधुनिक गीतसंगीतले नै नेपाली गीतसंगीतलाई लिड गरेको थियो । तर जब चलचित्र धेरै बन्न थाले, र शम्भुजित बाँस्कोटा आउनुभयो । उहाँको पालाबाट नेपालमा पनि चलचित्रका गीत र संगीतको प्रभाव रहँदै आयो । 

तपाईंलाई चलचित्रले जन्माएको संगीतकार भन्दा न्याय हुन्छ कि हुँदैन ?

हुन त मैले ०६१ सालमा एउटा लोक गीत गाएँ ‘सानी मोरी मलाई मन पर्‍यो’ । त्यसपछि मैले चलचित्रकै गीत ‘दिलमाया’ भन्ने चलचित्रको गीत गाएँ त्यसैले मलाई चिनायो । त्यसपछि अर्जुन पोखरेल पनि राम्रो संगीतकार रहेछ भन्ने धेरैलाई थाहा भयो र चलचित्रबाट काम आउन थाल्यो ।

अहिले कपिराइटको कुरा उठ्न थालेको छ । कम्पोज गरिरहँदा कत्तिको डर लाग्छ ? 

कपिराइटको कुरा उठ्दा हामी सबै सर्जक पनि छातीमा हात राखेर बोल्दैनौं । आफ्नो पक्षको सर्जक हो भने मिले पनि नमिलेको छैन भन्छौं । आफ्नो पक्षको हैन भने थोरै उस्तैउस्तै भए पनि मिलेको छ भन्दिन्छौं । पहिलो कुरा हामी सर्जककै मन पापी छ भन्ने लाग्छ मलाई, जसका कारण यो भइरहेको छ । 

जसले गीत तयार पारेको हो । उसको गीत जसको सँग मिल्यो उसले मिल्यो भनिएको गीतसँग दुईपटक आफ्नो संगीत सुन्यो भने मिल्यो मिलेन ऊ आफैँले निर्णय लिन सक्छ ।

संसारभर १२ सुरभित्रै गीत बन्ने हुन् । मेरो ‘तिम्रो याद आउँछ...’ भन्ने गीत रामलिलाको गीत ‘ए लालिक्स...’ जुन मेरो भन्दा पछि आयो युट्युबमा, मेरो गीतको जस्तै थियो गीत उठउने तरिका । तर, मलाई मेरो गीतबाट त्यो गीत चोरिएको हो भन्ने कहिले पनि लागेन । किन भने त्यो पनि रागको कलरबाट निकालेको थियो, मैले पनि उत्तर संगीत भारतीय पद्धति पढेको हुँ । त्यहाँ पनि त्यही चल्थ्यो । त्यो रागको पकड शैली र आरोह अवरोह उस्तै हो । त्यो कलरमा बसिसकेपछि अलिअलि मिल्छ । कहिलेकाहिँ यसरी पनि मिल्न सक्छ । यसलाई चाहिँ मिल्यो, चोर्‍यो भन्न मिल्दैन । 

पछिल्लो समय नेपालमा गीतहरु चोरियो भनेर कपिराइटका कुरा बाक्लै उठ्न थालेको छ । जानाजान चारिएकै हो कि संयोगवश मिलेकै हो ? 

मुद्दामामिला चलिरहेको गीतबारे सोध्नु भएको हो भने जसलाई आरोप लग्यो उहाँहरुले गीतको नोट लेखेर देखाउनु पनि भयो । एउटा दुईटा नोट त मैले नारायण गोपालको गीत गाएँ भने पनि तलमाथि हुन्छ । किनकी मेरो शैलीमा आउँदा एउटा दुईटा नोट तलमाथि हुन्छ, तर लवज चाहिँ त्यही हुन्छ । कर्ड उही छ, विट उही छ, लवज उही छ तर दुईतीनवटा नोट तलमाथि छ भन्न थालिन्छ भने यहाँ भोलि क्रिएसन मर्न थाल्छ । किन भने पहिला चलेका गीतलाई केही नोट तलमाथि पारेर फरक पार्न सकिन्छ । कर्ड, विट, लवज मिल्छ भने ऊ त प्रभावित भएको हो । चाहेर मिलोस् या संयोगले यस्तो अवस्थामा उसले मैले चाहेको थिइन तर मिलेको मैले पनि अनुभव गरेँ ठिक छ यसमा के राइट्स मैले उहाँलाई दिनुपर्ने हो दिन म तयार छु भन्न सक्नुपर्छ । दुईटा नोट तलमाथ पारेर मेरो गीत फरक छ भनेर भन्न चाहिँ मिल्दैन । 

मैले फेरि दोहोर्‍याएँ, गीत कम्पोज गरिरहँदा अरुकोसँग मिल्छ कि भन्ने डर हुन्छ कि हुँदैन ? 

हुन्छ जस्तो लाग्छ । मैले चाहिँ लोक गीतमा काम गरेको छु । हुन त म लोक गीत नै पढेर आएको हुँ । तर लोकभन्दा रोमान्टिक गीतलाई स्रोताले स्वीकार गर्नुभयो । पछिल्लो समय आएका मुद्दा मामिलाका कारण डर चाहिँ पक्कै पनि छ । लोक गीतको आफ्नै परिधी छ । पूर्वको लोक गीत, पश्चिमको लोक गीत र काँठे लोक गीत हो । यी तीनभित्र रहेर काम गर्दा आ–आफ्नो गीतमा कलर मिल्छ । एउटै कलरभित्र पनि फरक सिर्जना गर्ने हो । सबै प्रकारका गीत सुनेको हुन्छ । कहिलेकाहिँ सबकन्सस माइन्डमा सुनेको गीतको लय बसेको हुनसक्छ । त्यो कम्पोजमा आउन सक्छ । यस्तो अवस्थामा नियत खराब नहुँदा नहुँदै पनि मिल्न सक्छ । यस्तो डर त हरेक कम्पोजरलाई हुन्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC