site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कास्कीको नापी कार्यालयमा मोबाइल एप
Ghorahi CementGhorahi Cement

पोखरा । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा  सेवाग्राहीको अत्यधिक चाप हुने गर्दछ । दिनहुँ  भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ । तर, जिल्ला नापी कार्यालयले भने सेवालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रयोग गरी मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई दिन शुरु गरेको छ । 

देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको कार्याल यप्रमुख  इञ्जिनीयर खिमलाल गौतमले बताए । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने  विश्वास लिइएको छ ।

Agni Group

गौतमका अनुसार ‘नापी पोखरा एप्सको माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् । सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् ।

सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए । 
एपबाट टोकन लिइसकेपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाको बटममा क्लिक गरी सेवा चयन गर्न सक्नेछन् । सेवाग्राहीले  आफूलाई अनुकूल मिति र समय पेश गरेको सूचना सम्बन्धित फाँटवालाले स्वीकार गरेपछि सेवा लिन आउनुपर्ने समय र मितिका बारेमा सेवाग्राहीले मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन् । 
दर्ता स्रेस्ता मिलाउनका लागि दिने निवेदन, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रेखाङ्कनका लागि दिने निवेदन ढाँचा, नक्साको ब्लुप्रिन्टका लागि चाहिने निवेदनलगायत कार्यालयका लागि आवश्यक १५ वटा निवेदनको ढाँचा एप्लिकेशनमा राखिएकाले सेवाग्राहीलाई सहज हुनेछ । अरू कसैको सहायता आवश्यक नपर्ने तथा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट समयको बचत हुने बताइन्छ । 

Global Ime bank

कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् ।
एप्सको प्रयोगबाट गैरकानूनी कार्यलाई निरुत्साहित गर्न र सुशासन स्थापनामा सहयोगी हुने साथै कार्यालय प्रमुख, सेवाग्राही र सम्बन्धित फाँटवालाबीच समन्वयका लागि एप्लिकेशनमा तीनवटा ‘लग इन’ सहितको आन्तरिक संरचना रहेकाले पनि तत्कालै सेवा प्रवाह र गुनासोको सम्बोधन गर्न सघाउनेछ । १५औँ आवधिक योजनाको प्रस्तावित आधारपत्रमा भूमि व्यवस्थालाई आधुनिक, प्रविधियुक्त, सरल र पारदर्शी बनाउने तथा जग्गा प्रशासनको क्षेत्रमा देखापरेका कमीकमजोरीहरुलाई सुधार गरेर सेवा प्रवाहमा थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यमा सो एपबाट सहयोग पुग्ने विश्वास कार्यालयको छ । एप्लिकेशन रु तीन लाख लागतमा पाथओए टेक्नोलोजी सर्भिसेजले तयार पारेको हो ।
रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC