site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काश्मीरकी एक छात्राको पाँच दिनको डायरी
Sarbottam CementSarbottam Cement

श्रीनगर । फेक न्यूजको बल र त्यसलाई प्रचार गर्दाको अन्दाज त्यतिबेला हुन्छ जब तपाई संघर्ष भइरहेको स्थानमा हुनुहुन्छ, जहाँ हिंसा र विश्वासघात दुवै भइरहेको हुन्छ । त्यतिबेला तपाईंलाई कुनै सूचना सही हो भन्ने कुरामा पनि विश्वास हुँदैन ।  शुक्रबारदेखि सोमबार साँझसम्म हामी फरक–फरक मानिसले काश्मीरमा अतिरिक्त बल तैनाथ गर्ने र यात्रु तथा गैरकाश्मीरीलाई काश्मीर छोडेर जान भनिने अलग अलग तर्क सुनिरहेका थियौँ । तर, हामीलाई कुनै जानकारी थिएन ।

केही मानिसले राज्यलाई विभिन्न हिस्सामा बाँड्न सक्ने अवस्था रहेको पनि चर्चा गरेका थिए । उनीहरुले  काश्मीरलाई केन्द्र प्रशासित प्रदेश बनाउने र जम्मुलाई राज्यको दर्जा दिन सकिने अवस्थाको बारेमा पनि बताएका थिए । संविधानको धारा ३७० र ३५ ‘ए’ लाई हटाउन सकिने कुरा पनि उनीहरुले गरेका थिए । 
यो पनि अफवाह फैलिएको थियो कि यासिन मलिकको मृत्यु भइसक्यो । मान्छेहरु आफ्नो कुरामा शर्त राखिरहेका थिए । 

सोमबार कर्फयु लाग्ने हल्ला थियो । अनि डर थियो कि यो पटकको कर्फयु निकै कडा र लामो समयसम्म रहनेछ । म लाल बजारबाट आफ्नो घर नाड कडाल भएतर्फ निस्कें । सडकमा कोही हतारमा दौडेको देखेँ ।  एटीएमको सामुन्नेमा लामो लाइन थियो । राशन पसलको अगाडि दशौं कार रोकिएका थिए । पेट्रोलपम्प सुख्खा थिए  किनकि शुक्रबारको राति मानिसहरुको भीडले त्यसलाई खाली गरिदिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक पेट्रोल पम्पमा मेरो कजनलाई पेट्रोल त छ तर सर्वसाधारणलाई नदिइ सीआरपीएफ र प्रहरीका लागि रिजर्भ राख्न उनलाई निर्देशन आएको भनिएको थियो ।  मेरो कजनको परीक्षा ६ अगस्टको दिन थियो । उनी पढाइमा व्यस्त थिए । त्यही बेला उनलाई साँझ अबेर काश्मीर युनिभर्सिटीले परीक्षा रद्ध भएको सूचना नकिालेको थियो  । मैले एक साथीलाई रातको साढे १० बजे मेसेज पठाएको थिएँ तर डेलिभर भएन ।

मेरो इन्टरनेट त्यतिबेला पनि काम गरिरहेको थियो । त्यसकारण मैले यो सोचिनँ कि पूर्ण रुपमा शट डाउन हुनेछ । मेरा आमा बुबा दिल्लीमा हुनुहुन्थ्यो । मैले मेरी आमालाई टेक्स्ट मेसेज पठाएँ र सुतेँ । 

Global Ime bank

सोमबार 

म सोमबार जब उठेँ त्यतिबेला किचेनमा अनौठो सन्नाटा थियो । गुलिस्ता च्यानलमा आउने बिहानको कार्यक्रम सुनेर मेरो दिनको शुरुवात हुने गरेको थियो । तर, सोमबार सबैजना चुपचाप बसेर नास्ता गरिरहेका थिए । मलाइ कसैले मेरो घरको बाहिर बिहान ४ बजेदेखि आएर सेना बसिरहेको बतायो । टीभी, ल्याण्डलाइन र मोबाइल केहीले पनि काम गरिरहेको छैन । कर्फयुको धेरैजसो समयमा बीएसएनएलको ल्याण्डलाइन फोनले काम गर्ने गर्दथ्यो तर यसपटक त्यो पनि बन्द थियो । 

मलाई खानाको चिन्ता भइरहेको थियो । पसल बन्द थिए र कोही पनि पसले देखिएका थिएनन् । मेरो अंकल तरकारी लिनको लागि बाहिर जानुभयो । तर, उहाँलाई सेनाका जवानले जान दिएनन् । सेनाले उहाँलाई बाहिर निस्के जोखिम पर्न सक्ने बताएको थियो । उहाँ खालि हात घर फर्किनुभयो । किनकि उहाँलाई थाहा थियो तरकारी लिन धेरै टाढासम्म जानुपर्ने हुन सक्छ । 

उहाँले एक पसलेलाई देख्नु पनि भएछ, जसले सबै तरकारी बेचिरहेका छन् । तर, खुसीको कुरा के थियो भने आन्टीले कुनै दोस्रो उपाय अपनाइ सक्नुभएको रहेछ । उहाँ गर्वले बताइरहनुभएको थियो– जब यो वर्षको फेब्रुअरीमा भारत र पाकिस्तानबीच तनाव बढेको थियो उहाँले कुन हिसाबले तयारी गर्नुभएको थियो । उहाँले मलाई बताउनुभयो,मैले दुई महिनाको राशन र अरु जरुरी वस्तु जुटाएर राखेको थिएँ । ”

त्यही तत्परताअनुसार उहाँले सप्ताहको अन्त्यमा खरिदारी गर्नुभएको थियो । काश्मीरमा के भइरहेको थियो त्यसबारेमा कुनै कुरा खुलेको थिएन । के हुन सक्छ भन्ने बारेमा त्यतिबेला मात्रै थाहा भयो जब घरका पुरुषहरु नमाज पढेर फर्किए । 

अपरान्हपछि धारा ३७० खारेज गर्न लागिएको कुरा घरमा पुगिसकेको थियो । अंकलले बताउनु भएअनुसार उहाँलाई मश्जिदमा कसैले यो कुरा सुनाएको थियो । हामी सबैले यसलाई एउटा हल्ला मानेर पत्याएनौं । मैले कजनलाई भने पनि–बिना राज्य सरकार, चुनाव भन्दा पहिला र जब मामिला अदालतमा छ त्यस्तो बेलामा कसरी धारा ३७० खारेज गर्न सक्छन् । 

आफ्नो ध्यान मोड्नका लागि मानिसहरुले मेरो ल्यापटपमा सिनेमा हेरे । साँझको बेलामा मैले सुनेँ– केही च्यानललाई प्रसारण गर्न अनुमति दिइयो । मैले हेर्दा दूरदर्शनमा कार्यक्रम आइरहेको थियो । बाँकी सबै बन्द थिए । जब हामीले समाचार देख्यौं त्यतिबेला थाहा भयो राज्य सभामा जम्मु काश्मीर पुनर्गठन विधेयकलाई पारित गरिएछ । 

काश्मीर र जम्मु अब केन्द्र शासित प्रदेश भइसकेका रहेछन् । लद्धाखलाई अलग केन्द्र शासित प्रदेश बनाइएछ । धारा ३७० र ३५ ‘ए’ लाई खारेज गरिसकिएको रहेछ । आउने दिनमा अब के के हुन्छ भनेर मेरो आँखा रसायो । त्यसपछिका १५ मिनेट हामी शून्यमा हरायौं ।

मेरो सबै भन्दा सानो कजनको उमेर ६ र अर्कोको ९ वर्षको छ । हामी घर नजिकैको बगैंचामा खेल्न गयौं । हामीले आइस वाटरको खेल सुरूमात्रै गरेका थियौं अश्रु ग्यासले हाम्रो बगैंचा भरियो । मेरो सानो कजन खोक्न थाल्यो तर उ खेल छोड्न चाहिरहेको थिएन । मैले उनीहरुलाई घरमा बन्द गर्नुपर्ने अवस्था आयो । ताकि हामी अश्रुग्यासबाट जोगिन सकौं ।

मंगलबार 

मसँग दिल्ली फर्किनका लागि बिहीबारको टिकट थियो । हाम्रो चिन्ता के पनि थियो भने विमानस्थलसम्म सुरक्षित ढंगले पुग्न सकिएला ? हामीले अंकलको घरबाट बुधबार बिहान निस्केर विमानस्थलको नजिक पुगेर बस्ने निधो गर्यौं । मंगलबार अपरान्हसम्म सबै टीभी च्यानल प्रसारण भइसकेका थिए ।

तर, टीभी च्यानलमा आएका समाचारलाई हामीले सहन सकिरहेका थिएनौं । किनकि त्यसमा खुसियाली मनाएको दृश्य देखाइएको थियो । यहाँ हामीहरु भने आफ्नो घरमा बन्द थियौं । कसैसँग हाम्रो सम्पर्क थिएन । हाम्रो भविश्यमाथि असर गर्ने खालको सरकारको निर्णयविरुद्ध असहमति र आक्रोश देखाउन पनि सम्भव थिएन ।
मंगलबार साँझ फेरि एक पटक हाम्रो घर अश्रु ग्यासले भरियो । हाम्रो घरका एक आफन्त त्यहाँ आए ।  

उनी आफ्नो घर छोडेर एक दूर दराजको घरमा गइरहेको बताए । किनकि श्रीनगरको उनको घरको बाहिर ढुंगा हानाहान भइरहेको छ । अश्रुग्याँसले उनका बच्चा पनि निकै डराइरहेका छन् । उनका बच्चा यो कुरालाई लिएर एउटा घर भित्र नै बसिरहन जोड गरिरहेका थिए । हाम्रो घरको माथि कैयौं हेलिकोप्टर उडेको आवाज आइरहेको थियो । माथिबाट तिनको आवाज र तल अश्रु ग्याँसले हामीलाई यकिन भएको थियो कि हामी कुनै युद्धभूमिमा  छौं । 

मानिसहरुले केही युवाहरुको मृत्यु भएको पनि बताइरहेका थिए । केही घाइते भएको पनि बताइरहेका थिए । तर कसैले कसैको कुराको पुष्टि भने गर्न सकेनन् । मंगलबार राति मेरा एक जना कजन कटरामा रहेको युनिभर्सिटीबाट घर फर्के । उनका अनुसार कलेज प्रशासनले सबै काश्मीरीलाई क्याम्पस छोड्न भनेका थिए । किनकी युनिभर्सिटीभित्र र बाहिर उनको सुरक्षा जिम्बेवारी लिन नसक्ने बताइएको थियो । 

उनलाई आफ्नो घर सम्म पुग्न २४ घण्टा लाग्यो ।यस क्रममा उनले प्रहरीसँग कैयौं स्थानमा मद्यत माग्ोका थिए, प्रहरीले मद्यतपनि गरेको थियो । मंगलबारको राति हामी सोचिरहेका थियौं यो सिलसिला कहिले सम्म रहन्छ । 

बुधबार 

म बिहान ५ बजे उठेर बिमानस्थलको नजिक पीर बाग सम्म जानको लागि निस्केँ । मैले आँसु चुहाउँदै आन्टीलाई गुडबाइ भने । उहाँले दुबईमा रहेको आफ्नो छोरासँग कुरा गर्नु भन्नुभयो ।उहाँ आइतबार राति आफ्नो छोरासँग कुरा गर्न नपाएकोमा चिन्ता व्यक्त गरिरहनु भएको थियो ।  अब उनीसँग कहिले कुरा हुन्छ भन्ने बारेमा उहाँलाई थाहा थिएन । उहाँको छोरा सम्म सन्देश पुर्याउनका लागि म एक मात्र माध्यम थिएँ । बाहिर सडक बन्द थियो । बैरिकेड र काँडेतार लगाइएको थियो । हामीले एक सानो ठाउँ खोज्यौं जहाँबाट कार निस्कन सकोस् । 

बिहान सबैरैको समय थियो । त्यसैले हामीलाई कसैले रोकेन । पीर बाग पुगेर हामीले देख्यौं कि त्यहाँपनि निकै बैरिकेड लगाइएका थिए । साना गल्लीमा जानपनि रोक लगाइएको थियो । 

साँझ अबेर मेरी आन्टी आउनु भयो ।  उहाँले आफ्नो  कजनको बच्चालाई अश्रु ग्याँसको धुवाँले इन्फेक्सन भएको बताउनुभयो । तर, उहाँ औषधी लिन जान पाइरहनु भएको छैन ।किनकी उहाँको कारमा पेट्रोल छैन । कर्फयुका कारण कुनै सार्वजनिक सवारी साधनपनि चलेका छैनन् । 

बिहीबार 

दिल्लीको लागि निस्कन निकै मुश्किल थियो । आफ्ना आमा बाबुसँग गएका चार दिन मेरो कुनै बातचित हुन पाएको थिएन । मलाई थाहा छ  उहाँहरुपनि निकै परेसान भइरहनु भएको छ । यद्यपि काश्मीरमा भएको आफ्नो परिवारलाई कसरी गुडबाई भनौं । यसको समझ मलाई आइरहेको थिएन । उहाँहरु जुन अवस्थामा हुनुहुन्थ्यो उहाँहरुलाई त्यो अवस्थामा कसरी छोड्न सक्थेँ । अनि कसरी सामान्य जीवनमा आउन सक्थेँ ?

यद्यपि म एक जिम्मेवारीका साथ त्यहाँबाट  निस्केँ र दिल्ली पुगेर सबै कजनसँग सम्पर्क गरेर भन्नेछु–उनीहरुका आमाबाबुसँग भेटेर फर्केकी छु र उहाँहरु सुरक्षित हुनुहुन्छ । म उनीहरुको घरमा धेरै राशन पानी मौजुद रहेको र घरमा औषधीपनि किनेर राखिएको भन्नेछु । हामी कुन निराशा र विवशताका साथ इद मनाइयो र यस खालको सोचले हाम्रो भविश्यलाई कसरी लामो समय सम्म प्रभावित पार्नेछ भन्ने बारेमा पनि कुरा गर्नेछौं । 
(दिल्ली विश्वविद्यालयकी छात्रा मिसबाह रेशीको प्रस्तुत डायरी बीबीसी हिन्दीबाट)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC