बीबीसी । रुसको राजधानी मस्कोबाट ३७३ किलोमिटर टाढा रहेको सारोभ सहरमा बिहीबार भएको रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरले ज्यान गुमाए । उक्त विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका थिए । उनीहरुको अहिले उपचार भइरहेको छ । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा उक्त विस्फोट भएको थियो ।
उक्त विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले 'न्युक्लियर पावर इन्जिन' परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् । तर, उक्त एजेन्सीले विस्तृत प्राविधिक विवरण भने दिएको छैन ।
आर्क्टिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल - 'बुरेभेस्टनिक' परीक्षण गरेको थियो । तर, अधिकारीहरुले बिहीबार भएको विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने औपचारिक जानकारी दिएका छैनन् ।
न्योनोक्सा सहरस्थित ह्वाइट सीबाट पश्चिमतिर रहेको सेभेरोडइन्सक सहरमा करिब ४० मिनेटसम्म उक्त इन्जिनमा भएका विकरण र धातुका टुक्राहरु निरन्तर विस्फोट भएका थिए । उक्त विकिरण २ माइक्रोसिर्मिट्स प्रतिघण्टाका हिसाबमा फैलिएको र ०.११ माइक्रोसिर्मिट्स प्रतिघण्टाका दरले खसेको सेभेरोडइन्सकका अधिकारीहरुले बताएका छन् ।
रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण ९एम७३० 'बुरेभेस्टनिकस्टनिक' (जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल) भएको बताएका छन् । रुसी राष्ट्रपति भलाद्मीर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए । नाटोले भने उक्त मिसाइल एसएससी-एक्स-९ स्काईफल भएको दाबी गरेको छ ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूट (रुसी) का विश्लेषक तथा अनुसन्धानकर्ता मार्क गालीयोटीले बीबीसीलाई भने, "न्युक्लियर परीक्षणमा निकै ठूलो प्राविधिक चुनौतीहरु हुन्छन् । त्यहाँ गतिसँगै भारबहन प्रणालीको तालमेल मिल्नुपर्छ । र, मिसाइलमा सबभन्दा खतरा त जहाँ रेडिधर्मी विकरणहरु जाने हो, त्यही अनुसारको निकास चाहिन्छ ।"
"यी सबै प्रणाली सोभियन युनियनकै समयमा पत्ता लगाइएका थिए । अहिले तीनै प्रणालीमा परिमार्जन गरी परीक्षण गर्न लागिएको हो," उनले थपे ।
राष्ट्रपति पुटिनका अनुसार उक्त बुरेभेस्टनिकस्टनिक परमाणु परीक्षणको सीमा असीमित हुन्छ । तर, न्योनोक्सा विस्फोटमा विभिन्न हतियारहरुको प्रयोग गरिएको हुन्छ । रुसी सेनाका अनुसार नयाँ किसिमको क्रुज मिसाइल - जिरकोनले आवाजको अनुपातमा आठ गुणा बढी गति हुन्छ ।
विस्फोटका बारेमा
रोसाटोमका वरिष्ठ अधिकारी भ्यालेन्टिन कोस्ट्यूकोभका अनुसार बिहीबारको विस्फोटमा ज्यान गुमाएका पाँचैजना इन्जिनियरहरु निकै दक्ष र न्युक्लियर परीक्षणमा 'हिरो' मानिन्थे । उनीहरुलाई परीक्षणका क्रममा हुने जोखिम र अतिरिक्त परिस्थितका विषयमा पनि सबै ज्ञान थियो । उनीहरुले यसअघि पनि विभिन्न परीक्षणहरु गरेका थिए ।
उनले सारोभ न्युक्लियर सेन्टरको नेतृत्व गरिरहेका छन् । कोस्ट्यूकोभका अनुसार ज्यान गुमाउने पाँच जनामा एलेक्सी भियूसिन (डिजाइनर तथा सफ्टवेयर विज्ञ ), एभ्गिनी कोकोटायेभ (वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर), भ्याचेसलाभ लिप्सहेभ (वैज्ञानिक परीक्षण टोली प्रमुख), सेरगेइ पिच्हुगिन (परीक्षण इन्जिनियर), भलाडिस्लाभ यानोभस्की (वैज्ञानिक परीक्षण विभागका कार्यकारी प्रमुख) रहेका छन् ।
रोसाटोमले दिएको जानकारी अनुसार परीक्षण गरिसकेको थियो । तर, अचानक आगो लागेर इन्जिन पड्कियो र त्यहाँ उपस्थित मानिसहरु समुद्रमा खसेका थिए । उक्त विस्फोट भएपछि करिब ४० मिनेटसम्म विकिरणहरु निरन्तर रुपमा फैलिएका थिए । स्थानीय सञ्चारमाध्यमहरुले स्थानीय नागरिकलाई आयोडिन किन्न अपिल गरिएको थियो । आयोडिन पिल्सले रेडियोधर्मी आयोडिनबाट सुरक्षा प्रदान गर्दछ । आयोडिन सन् १९८६ पछि सबैभन्दा बढी प्रयोग यसपटक भएको थियो ।
उक्त विस्फोट भएलगत्तै उक् क्षेत्रलाई रुसी रक्षा मन्त्रीले प्रतिबन्धित क्षेत्र घोषणा गरेको थियो । त्यहाँ सर्वसाधारणलाई आगामी सेप्टेम्बरसम्म प्रवेश निषेध गरेको थियो ।
के उक्त मिसाइल 'गेम चेन्जर' हो ?
रुसी मार्क गालीयोटीले भने, "त्यहाँ धेरै शंका उत्पन्न भएका छन् । फेरि यस्तै मिसाइल बन्छ कि बन्दैन् भन्ने विषयमा शंका उत्पन्न भएका छन् । यो मिसाइल अन्य स्टेट-अफ-दी-आर्ट-रसियन-मिसाइल - बुलाभा - धेरै वर्षपछिको असफल परीक्षण थियो ।"
जिरकोन र पोसेइडोन दुबै निकै आधुनिक र सम्पन्न मिसाइल प्रोजेक्ट हुन् । पोसेइडोन यसअघि नै परीक्षण गरिएको थियो । जुन ड्रोनको सहायतामा पानीमुनिबाट विस्फोट गराउन मिल्ने हो मिसाइल हो । "तर, पोसेइडोन पनि 'बुरेभेस्टनिकस्टनिक' जस्तै शक्तिशाली हतियार हो," गालीयोटीले भने, " सबै किसिमका परमाणु युद्धको सामना गर्न किसिमको तर अव्यवहारिक थियो ।"
रुसको सरकारी सञ्चारमाध्यम रोस्सीसकाया गजेटाले गत महिना 'बुरेभेस्टनिकस्टनिक' लाई 'एक प्रतिशोधक हतियार' भनेर विश्लेषण गरेको थियो । यो शब्दावाली नाजीहरुले दोस्रो विश्वयुद्धका समयमा बेलायतलाई प्रहार गर्ने भी-रकेटहरुलाई प्रयोग गर्थे ।
उक्त पत्रिकाले भनेको छ, "लामो दूरीको फ्लाइट र कुनै पनि किसिमका हवाइ आक्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ । यस मिसाइलले पहिले नै रुसको अन्तरमहाद्विपमा प्रहार गरिसकेपछि बाँकी रहेका शत्रुका कुनै पनि महत्वपूर्ण संरचनालाई लक्षित गर्न सक्छ ।"
पछिल्लो समय मध्यम दूरीको आणविक प्रहार सन्धी (आईएनएफ) को अन्त्यसँगै "अमेरिकाले मध्यम दूरीमा प्रहार गर्न सक्ने किसिमका मिसाइल बनाउने कुरामा जोड दिएको छ," गालीयोटले भने, "त्यसकारण रुसी सेनाले पनि सोही क्षमता आफूमा होस् भन्ने चाहन्छ । किनभने उनीहरुका चीनका बारेमा पनि चिन्तित छन् ।"
बीबीसीबाट