site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हङकङमा साँच्चै चीनले सेना प्रयोग गर्न लागेको हो ? ट्रम्पले भने– शान्त रहुँ 
Sarbottam CementSarbottam Cement

हङकङ । हङकङमा झण्डै १० सातादेखि आन्दोलन चर्किरहेको बेलामा चिनियाँ सरकारी सञ्चार माध्यममा चिनियाँ सेना हङकङ नजिकै पुगेको दृश्य सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई शान्त हुन आग्रह गरेका छन् । चिनियाँ सञ्चार माध्यमले चीनको सेना हङकङ नजिकै सेन्जेन सहरमा पुगेको तस्बिर सार्वजनिक गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार ट्विट गर्दै भनेका छन्,“हामीलाई खुफिया जानकारी मिलेअनुसार चीन सरकार हङकङको सीमा आसपास सेना तैनाथ गरिरहेको छ । सबै शान्त र सुरक्षित रहन आबश्यक छ ।”

हङकङमा जारी तनावको क्रममा त्यहाँको विमानस्थल बाहिर प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था समेत उत्पन्न भएको थियो । प्रदर्शनकारीलाई विमानस्थलबाट हटाउन प्रहरीले मंगलबारसमेत अश्रुग्यास प्रहार गरेको थियो ।  हङकङका प्रमुख प्रशासक तथा नेतृ केरी लेमले मंगलबार एक पत्रकार सम्मेलन गर्दै हङकङलाई गहिरो अन्तहीन खाडलमा नपुर्याउन सरकार विरोधी प्रदर्शनकारीलाई चेतावनी दिएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले हङकङ खतरनाक अवस्थामा पुगेको जनाउँदै हिंसाले फर्कनै नसक्ने बाटोमा पुर्याउने समेत बताएकी थिइन् ।  हङकङमा आन्दोलनको शुरुवात सरकारबाट प्रस्तावित सुपुर्दगी  सम्बन्धी विधेयकका कारणले भएको थियो । सो विधेयकमा हङकङबाट चीनले चाहेको व्यक्ति  सुपुर्दगी गर्ने सम्बन्धी व्यवस्था थियो ।  आन्दोलनपछि सरकारले विधेयक फिर्ता गरेकोमा शुरुमा त्यसलाई रद्ध गर्नुपर्ने माग अघि सार्नुका साथै हङकङकी प्रमुख पशासक तथा नेतृ लेमको राजीनामा समेत प्रदर्शनकारीहरुले मागेका थिए । अहिले पक्राउ गरिएकाहरुलाई रिहा र अन्य माग पनि थपिएका छन् । 

उनीहरुको प्रदर्शनलाई चिनियाँ अधिकारीहरुले अहिले आतंकवाद भन्न थालेका छन् । गएको आइतबार प्रहरीमाथि पेट्रोल बम प्रहार भएपछि चीनले सो टिप्पणी गर्न थालेको हो । हङकङको बिमानस्थलमा नै केही दिन यता लगातार प्रदर्शन हुन थालेपछि अन्तर्राष्ट्रिय उडान समेत रद्ध हुँदै आएका छन् ।

Global Ime bank

(बीबीसी तथा एजेन्सीको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !