site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुष्माले जब मोदीलाई लेखेर मात्रै बोल्न कर गरिन्...
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुष्मा स्वराज भारतको विदेश मन्त्री भएपछि विदेश मन्त्रालयलाई कायापलट गरिदिएको बताएका छन् । मंगलबार नयाँ दिल्लीमा आयोजित श्रद्धाञ्जली समारोहमा बोल्दै उनले एउटा घटनासमेत याद गरे ।

उनले सो अवसरमा भनेका थिए, “म नयाँ थिएँ । संयुक्त राष्ट्रसंघमा मेरो भाषण दिने कार्यक्रम थियो । पहिलो पटक गइरहेको थिएँ । सुष्माजी पहिला नै पुग्नुभएको थियो । उहाँ गेटमा मलाई रिसिभ गर्न उभिनुभएको थियो । मैले हिँड्नुस् हामी पनि बसौं भनेँ । भोलिपल्ट बिहान मैले बोल्नुपर्ने थियो । भन्नुस् के के गर्नुपर्छ भने । त्यसपछि सुष्माजीले सोध्नुभयो– ‘तपाईंको भाषण ?’ मैले बोलुँला यसमा के छ र भनेँ । सुष्माजीले भन्नुभो, यस्तो हुँदैन, यहाँ भारतको कुरा गर्नुपर्ने हुन्छ । तपाईं आफूखुसी बोल्न पाउनु हुन्न ।”

Agni Group

“मैले भनेँ मेरो लागि लेखेर बोल्न निकै गाह्रो हुन्छ । मेरो नवरात्रको उपवास चलिरहेको थियो । यात्राका कारण थाकेको पनि थिएँ । तर राति उहाँ मकहाँ आउनुभयो र सोध्नुभयो– तपाईँ के बोल्न चाहनुहुन्छ ? म त्यो लेख्छु ।”

उहाँको भनाइ थियो कि तपाईं जतिसुकै राम्रो किन नहुनुस्, तपाईंको विचारमा जतिसुकै राम्रो कुरा किन नहोस् केही संरचना हुन्छन् जसको आफ्नो आवश्यकता हुन्छ । यो सुष्माजीले मलाई पहिलो सबक सिकाउनु भएको थियो ।”

Global Ime bank

मोदीले कतिपय मन्त्री पदबाट हटेपछि वर्षौ सम्म घर खाली गर्नका लागि पत्र पठाउनुपर्ने अवस्था रहेपनि सुष्माले चुनावको नतिजा आउनासाथै भवन खाली गरिदिएको समेत बताए । उनले विदेश मन्त्रालयमा सबैभन्दा पहिला प्रोटोकलको कुरा आउने गरेको बताउँदै सुष्माले सो प्रोटोकललाई पिपुल्स कलको रुपमा परिभाषित गरिदिएको समेत बताए । पहिला विदेश मन्त्रालय अक्सर कोट, पाइन्ट, टाइ जस्ता प्रोटोकलको कुरामा लागेको जनाउँदै  बसुधैव कुटुम्बकम् कसरी विदेश मन्त्रालयले सिद्ध गर्न सक्छ भन्ने कुरा सुष्माले विश्वभरी रहेका भारतीय नागरिकसँग सुख दुःखको साथी बनेर देखाएको सुनाए ।

(बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC