site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डट बलमा माहिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा खेलकुदप्रतिको मोह बढ्दो छ । त्यसैमा क्रिकेटतर्फ आकर्षित हुनेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

स्वास्थ्यसँगै शारीरिक फिटनेस कायम राख्न खेलले मद्दत गर्ने भएकै कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई खेलकुदमा केन्द्रित गर्न चान्छन् । पछिल्लो समय नेपाली क्रिकेटले पछ्याइरहेको सफलताले पनि नेपाली समाजमा धेरै अभिभावक आफ्ना सन्तानलाई ब्याट र बलमा रमाउन सिकाइरहेका छन् ।

युवा क्रिकेटर सागर ढकालको परिवार पनि ‘क्रिकेट क्रेजी’ छ । त्यही कारण उनी क्रिकेटतर्फ आकर्षित भए । परिवारमा देखिएको क्रिकेट मोहले उनलाई यस क्षेत्रमा लाग्न सहज भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

पारस खड्कालगायतका नेपाली क्रिकेटरको खेल टिभीमा स्क्रिनमा देखिने विश्व क्रिकेटरका कीर्तिमानले उनलाई क्रिकेट खेलाडी नै बन्ने सपना जाग्यो । त्यसो त सबैका सपना एकैसाथ पूरा हुँदैनन् तर सागरको सपना सफलतातर्फ उन्मुख छ । नेपाली क्रिकेटका उदाउँदा तारा सागर ढकाल नेपाली युवा क्रिकेट क्षेत्रमा बलियो सम्भावना बोकेका खेलाडीमध्येका एक हुन् । 

हिमालयन क्रिकेट एकेडेमीका उत्पादन सागर केही समयअघि सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा ‘प्लेयर अफ दी सिरिज’ बन्न सफल भए । त्यसयता सागरको धेरै चर्चा भयो । सागरको चर्चा घरेलु लिगहरुमा नचलेको भने होइन । घरेलु लिगको उत्कृष्ट प्रदर्शनले राष्ट्रिय जर्सी लगाउने अवसर पाएका उनी डट बल फाल्नमा माहिर छन् । उनको प्रदर्शनबाट सागर नेपाली क्रिकेटमा धेरै सम्भावना बोकेका खेलाडीको रुपमा परिचित छन् । 

Global Ime bank

गुल्मीको सत्यवती गाउँपालिकामा जन्मिएका सागर सानैदेखि क्रिकेटमय वातावरणमा हुर्किए । उनको परिवारमा क्रिकेटप्रतिको मोह धेरै नै थियो । सबैजना क्रिकेट भनेपछि हुरुक्कै । “सानैदेखि दाइहरु (नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी) ले क्रिकेट खेलेको देख्थेँ । म पनि गाउँमा क्रिकेटका सामग्रीहरु जुटाएर त्यसैमा रमाउँथेँ । काठमाडौं आउँदा सुरुवातमै यसरी क्रिकेटमा लाग्छु भन्ने त लागेको थिएन, तर पढाइभन्दा क्रिकेटमा नै धेरै ध्यान गयो,” सागरले भने । 

काठमाडौंको हिमालयन क्रिकेट एकेडेमीमा करिब चार वर्ष बिताएका सागर अहिले विभागीय क्लब नेपाल पुलिसमा आबद्ध छन् । सागर अब क्रिकेट बाहेक अरु सोच्ने मनसायमा छैनन् । 

पढाइका लागि काठमाडौंमा आएका उनी साथीको संगतमै सिफल चौरमा क्रिकेट खेल्न थाले । सागरलाई सिफल हुँदै हिमालयन क्रिकेट एकेडेमीसम्म साथीहरुले नै पुर्याए । 

“सुरुआतमा म मेरो क्रिकेट क्षमताबारे अन्जान थिएँ । काठमाडौंमा आएपछि वास्तविक क्रिकेट क्षमताबारे ज्ञान भयो । हिमालय क्रिकेट एकेडेमी मेरो क्रिकेटको पहिलो पाइला हो । त्यसपछि मैले दैनिक अभ्यास गर्न थालेँ । सुरुमा नै बलिङ गर्छु भन्ने लागेको थिएन । पछि प्रशिक्षक रुपेश श्रीवास्तवले बलिङमा नै राम्रो देखेपछि मलाई बलिङ मात्र गर्न भन्नुभयो र, म त्यसैमा रमाउन थालँे,” सागरले भने । 

सागर क्रिकेटमा विकेट लिनेभन्दा डट बल फाल्न माहिर छन् । उनको ‘इकोनमी रेट’ निकै राम्रो छ । यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अवधिभर उत्कृष्ट बलिङ गरेका सागरले चार खेलमा १५ विकेट लिएका थिए । नेपालको जितमा उनले महत्वपूर्ण योगदान दिए । 

एकेडेमीको चार वर्षीय यात्राले निखारिएका सागर भन्छन्, “पहिलो पटक क्रिकेट खेल्दा सफलता मिल्छ भन्ने लागेकै थिएन । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा केही अप्ठ्यारो पनि भयो । तर राम्रो खेलेँ । घरेलु प्रतियोगिता र देशका लागि खेल्दा निकै फरक पर्ने रहेछ । त्यतिबेला त देशका लागि केही गरौँ भन्ने सोच मात्र आउने रहेछ ।” 

यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारत र अफगानिस्तानसँग मैत्रीपूर्ण सिरिज खेलेका थियो । उक्त सिरिज सागरका लागि यू–१९ टोलीको डेब्यू खेल थियो । सिरिजमा सागरले पाँच खेलमा तीन विकेट लिएका थिए । 

घरेलु क्रिकेट प्रतियोगितामा पनि उनको प्रदर्शन उत्कृष्ट छ । २०७५ मा पहिलो पटक प्रधानमन्त्री कप खेलेयता सागरले विभिन्न फ्रेन्चाइज लिगमा सहभागिता जनाएका छन् । 

उनी यतिबेला एसिया कप क्रिकेटको तयारीमा व्यस्त छन् । “नेपाललाई एसिया कप क्रिकेटको उपाधि दिलाउने योजना छ । जसको लागि मिहिनेत गरिरहेका छौं । हेरौँ के हुन्छ ? तुलतान्मक रुपमा भारत हामीभन्दा बलियो टोली छ । तर, पहिलेको जस्तो हाम्रो टोली पनि कमजोर छैन,” सागरले भने । 

यू–१९ एसिया कप क्रिकेट श्रीलंकामा पाँच सेटेम्बरबाट १४ सेटेम्बरसम्म आयोजना हुनेछ । एसिया कपमा नेपाललगायत आयोजक श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले सहभागिता जनाउने छन् । सागरको अबको लक्ष्य राष्ट्रिय टोली हो । नेपाली टोलीमा स्थान बनाउनेबारे सागर आफ्नो प्रदर्शनमा भर पर्ने बताउँछन् । 

“अबको लक्ष्य राष्ट्रिय टोलीमा स्थान बनाउने हो । त्यसका लागि मैले आफ्नो खेलमा धेरै परिवर्तन र मेहेनत गर्न आवश्यक छ । उत्कृष्ट प्रदर्शन गर्न सके छिट्टै राष्ट्रिय टोलीमा पर्न सक्छु,” सागरले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC