site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत् ट्रिपिङ नरोकिए उद्योगको चाबी सरकारलाई बुझाउने
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा बारम्बार भइरहने विद्युत् ट्रिपिङबाट उद्योगमा भएको समस्याबारे उद्योगीले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । यसबारे प्राधिकरणसँग उद्योग संगठन मोरङले छलफल चलाएको छ ।

छलफलमा सहभागी यसक्षेत्रका उद्योगी–व्यवसायीले विद्युत्को भोल्टेज कम हुने कारण औद्योगिक उपकरणहरुमा समस्या आउने गरेको बताएका थिए । नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुख लगाएतको उपस्थितिमा विगत केही समययता बढिरहेको विद्युत् कटौतीले लो भोल्टेज, ट्रिपिङलगायतका समस्या सामाधान हुनुपर्ने उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए । भने, ‘‘औद्योगिक लोडसेडिङले मेनरोड र ट्रिपिङको कारण उद्योगी–व्यवसायी आक्रान्त भएका छन् ।’’ उनले बारम्बार विद्युत् अवरुद्धले एकतर्फ उत्पादनमा ह्रास आई कच्चा पदार्थ खेर गइरहेको र अर्काेतर्फ उद्योगका मेसिन बिग्रनाले उद्योगमा ठूलो क्षति भइरहेको सुनाए । 

विद्युत् प्राधिकरणले अविलम्व समस्या समाधान नगरे उद्योगी–व्यवसायीले उद्योग बन्द गरेर चाबी विद्युत् प्राधिकरणलाई सुम्पने उद्योगीले चेतावनी दिएका छन् । अध्यक्ष घिमिरेले विद्युत्कोे अवस्थाका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, उत्पादन लागत वृद्धि भइरहेकोले विद्युत्को समस्या समाधान गर्न संगठन सम्वन्धित निकायमा पहल र सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

संगठनका उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश  सुरानाले विद्युत्को कारणले गर्दा उद्योग–व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या अविलम्व समाधान गर्न आग्रह गरे । औद्योगिक करिडोरमा सुनसरी–मोरङ औद्योगिक      जस्तो विद्युत् समस्या नभएकाले यसक्षेत्रका उद्योग व्यवसायले दैनिक दशदेखि पन्ध्र पटकसम्म विद्युत् कटौतीको समस्या भोग्नु परेकोले उत्पादनमा ठूलो क्षति व्यहोर्नु परेको बताए । 

उपाध्यक्ष प्रदिप मुरारकाले कटहरी क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय हुँदै गएको, विद्युत्को कारण उद्योगको पार्टपुर्जा जल्ने, बिग्रने गरेकाले समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरे । 

Global Ime bank

छलफलमा संगठनका कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुनिल धनावत, तारानाथ निरौला, विपिन काबराले नेपाल विद्युत् प्राधिकरणले जनशक्तिको विकास र परिचालनमा समेत ध्यान पुर्याउनु पर्ने बताए । गोल्छाले भने, ‘‘विद्युत् कटौतिको पूर्वसूचना दिनुपर्ने, पुराना संरचनालाई परिवर्तन गर्नेतर्फ ध्यान दिनुपर्छ ।’’

नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत् चेन्जओभर गर्नुपर्ने भएकाले पटक पटक विद्युत् अवरुद्ध हुने गरेको बताए । भने, ‘‘असारमा आएको बाढीका कारण विद्युत् प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँठाउँमा विद्युत्को पोल र पोलमै रुख ढलेकाले विद्युत् लाइनमा समस्या भएको छ ।’’ उनले प्राधिकरणले आफ्नो श्रोत र साधन परिचालन गरी मर्मत सम्भारको कार्य गर्दै आएको बताए । 

दुहवी ग्रिड प्रमुख रेवत कुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरु लामो दूरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरुमा सप्लाई गरिएको विद्युत्मा भोल्टेज ड्रप  हुने समस्या समाधानका लागि प्राधिकरणले कार्य प्रारम्भ गरिसकेको जानकारी गराए । 

कार्यक्रममा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, प्रदिप मुरारका, राकेश सुराना, उर्जा समिति संयोजक सुनिल कुमार धनावत, कार्यकारिणी सदस्य तारानाथ निरौला, सुरेन्द्र गोल्छा,  विपिन कावरा, विद्युत् प्राधिकरणका रविन्द्र कुमार दास, राजेश कुमार झा, कटहरी, रंगेली तथा सुनसरी मोरङ औद्यौगिक करिडोरका उद्योगी–व्यवसायी सहभागी थिए । 

यसैबीच, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा कैलालीबाट आएको उद्योगी–व्यवसायीको प्रतिनिधिमण्डलसँग पनि संगठनले छलफल गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC