site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्कुल विभागमा पूर्वमाओवादी केन्द्र ‘लचिलो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति सन्तुलनमा फेरबदल आइरहेका बेला स्कुल विभागमा पूर्वमाओवादी केन्द्र लचिलो बनेको छ । स्कुललगायत अन्य विभागको जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटिरहेका बेला पूर्वमाओवादी केन्द्रबाट यस्तो धारणा आएको हो । 

स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच रस्साकस्सी छ । प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बाह्रखरीसँग कुरा गर्दै स्कुल विभागको विषयमा अब धेरै गलफती नहुने बताएका हुन् । “स्कुल विभागका विषयमा बाहिर प्रचार गरिएजस्तो विमति, विवाद छैन । दुई अध्यक्ष बसेर स्कुललगायत सबै विषयको टुङ्गो लगाउनुहुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

स्कुल विभागको दाबीबाट नारायणकाजी पछि हटेको हो त ? भन्ने बाह्रखरीको जिज्ञासामा ती नेताले भने, “स्कुल विभागमा जो भए पनि एक जना हुने हो, मै हुनुपर्छ भनेर कसैले पनि भनेको छैन । भन्नु हुँदैन ।”

उता स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि बुधबार (आज) बस्ने सचिवालयको बैठकले केही निकास दिने विश्वास व्यक्त गरे । सचिवालयको बैठक दिउँसो ३ बजे डाकिएको बताउँदै उनले एकीकरणलाई धेरै लम्ब्याउन नहुने धारणा राखे ।

Global Ime bank

यसैबीच पार्टी महासचिव विष्णु पौडेलले जिम्मेवारी नपाएका सचिवालयदेखि केन्द्रीय कमिटी सदस्यसम्म सबै नेताको कार्यविभाजनबारे आफ्नो मत, रुची, चाहना बुझेका छन् । कसैलाई भेटेर र धेरैलाई फोन सम्पर्कमार्फत् रुची र चाहना बुझेर त्यसलाई प्रतिवेदनको रूप दिइएको पौडेल निकट स्रोतले जानकारी दियो ।

साउन १३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरूलाई कार्यविभाजनबारे एकसरो राय बुझ्ने निर्णय गरेको थियो । तर, स्थायी कमिटी सदस्य यो सोधाइ कर्मकाण्डी हुने संशय व्यक्त गर्छन् ।
“फोन गरेर बुझेर महासचिवले जिम्मेवारी त पूरा गर्नुभएको छ, तर यो सोधाइ औपचारिकतामा मात्रै सीमित हुने सम्भावना उत्तिकै छ । सबैको रुची चाहना समेटेर निर्णयमा पुग्न कठिन नै हुन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC